हाई–प्रोफाइल सहकारी ठगलाई सरकारले छानविनको दायरामा समेत ल्याउन सकेनःमहेश बस्नेत 

‘ज्ञानेन्द्रको पाउमादाम चढाएकाले माधव नेपाल माथि नैतिकताको प्रश्न उठेको छ’

Feb 4, 2024 - 19:49
 0  4
हाई–प्रोफाइल सहकारी ठगलाई सरकारले छानविनको दायरामा समेत ल्याउन सकेनःमहेश बस्नेत 



माघ २१,काठमाडौं, काव्य घर । नेकपा (एमाले) कापोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकारले हाई–प्रोफाइलका सहकारी ठगलाई छानविनको दायरामा समेत ल्याउन नसकेको बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा प्रतिक्रियालिनका लागि राखेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तर्फ लक्षित गरी सरकारले हाई प्रोफाइललाई कारबाही गर्नै नसक्ने बताएका हुन् । 
‘हाईप्रोफाइलका सहकारी ठगहरु अनेक नौंटंकी र बहाना बाजी गरेर हिँडिरहेका छन् । हाई प्रोफाइलका सहकारी ठगहरुलाई सरकारले कारबाहीगर्ने त परै जाओस्, छानविनको दायरामा पनि ल्याउन सकेको छैन,’– उनले भने । 
रास्वपा सभापति रवि लामिछानेले कम्पनी रजिष्टार्ड कार्यालयमा बैंक स्टेटमेन्ट देखाएर गुडविल शेयर मार्फतको पैसा नगदलिएको देखिएको उनको दाबी छ । यसबाट ठगीमात्रै नभएर किर्ते र जाल साझीको मुद्दासमेत प्रभावित हुने उनले बताए । ‘म चाहीँ बाठो छु, भए भरका सबै लाटा छन्’ भनेर रविले अभिव्यक्ति दिइरहेको उनले बताए । 
भिडिओ बनाएर आत्महत्या गरेकापत्रकार शालिकराम पुडासैनी र रवि लामिछानेका ड्राइभर शम्भु थापाको मृत्युको छानविन कहाँपुग्यो भन्दै उनले प्रश्न उठाए । पुलिष्ट शक्तिको आडमा यस्ताप्रकारका अपराधमा सरकारले उन्मुक्तिदिननहुने उनको भनाई छ । 
साथै, वर्तमानसरकार सदनबाट भागिरहेको उनको आरोप छ । उनले अहिले निकै बाध्यात्मकअवस्था आएपछि सरकारले संसद् अधिवेश नबोलाएको दाबी गरे । वर्तमान सरकारलाई अलोक प्रिय सरकारको संज्ञा दिँदै उनले अहिले संघीय सरकार देखि प्रदेश सरकारले समेत सदन छलेर भागिरहेको टिप्पणी गरे । अहिले संघीय सरकारदेखि प्रदेश सरकारमा रहेकाहरुमा संसद् जान नपरे हुन्थ्यो भन्ने मनोवृति देखिएको बताए । यस्तो प्रकारको प्रवृत्ति लोकतन्त्रका लागि राम्रो नहुने उनको भनाइ छ । 
वर्तमान सरकारले अहिलेसम्म एउटा बाहेक कानुन बनाउन नसकेको उनले बताए । उनले सरकारले अहिले अपराधी र पीडकलाई उन्मुक्तिदिने गरी संसद्मा टीआरसी विधेयल कल्याउन खोजेको बताए । नेता बस्नेतले कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले टीआरसी विधेयकलाई सत्ता र राष्ट्रिय सभाका सांसदसँग साटेको आरोप लगाए । 
‘यो सरकार बनेपछि अहिलेसम्म एउटाभन्दा बढि कानुनबनाउन सकेको छैन । टिआरसी विधेयक प्रस्तुतगर्न सकेको छैन ।’ उनले भने,‘पीडकहरुलाई उन्मुक्तिदिने, अपराधीहरुलाई, दोषीहरुलाई बचाउने र पीडित पक्षको आवाजलाई कमजोर बनाउने ढंगले यो विधेकय आउनखोजेको छ । यो विधेकलाई कांग्रेस, माओवादी, समाजवादीलगायतले सत्तासँग र राष्ट्रिय सभाका सांसदसँग सट्टापट्टागर्न खोजेको छ ।’ 
नेता बस्नेतले एमालेले टिआरसी विधेकमाजनताको हित, पीडितहरुको हित, अन्तर्राष्ट्रिय मानवअधिकार सम्बन्धि नेपालपक्ष राष्ट्र भएका दस्ताबेजहरुको पक्षमाहुनेगरी आफ्नो अडान कायम राख्ने बताए । 
वर्तमान सरकार साह्रै अलोक प्रिय भएको र अर्थतन्त्रका सबै सूचकहरु नकारात्मक बन्दै गएको उनको दाबी छ । वर्तमान सरकार सबैतिरबाट असफल भएको उनको टिप्पणी छ । निर्माण व्यवसायीलाई सरकारले सातखर्ब भन्दा बढी भुक्तानी नदिएको र कसैलाई पनिन्यायोचित ढंगले न्याय दिन नसकेको उनको आरोप छ । 
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा २०४२ सालदेखि राजाका भाइ धिरेन्द्रसँगको व्यापारिक साझेदारी र विनोद चौधरी समेतको आडमा अरुण चौधरीले हडपेको भनेर प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले भनिरहँदा पनि प्रधानमन्त्री प्रचण्डले उक्त विषयमा आफ्नो अनविज्ञता प्रकट गरिरहेको दाबी गरे। ‘प्रधानमन्त्री प्रचण्डले यो विषयमा  म बेखबर छु, यो कसरी भयो ?यसले त व्यापारीहरुलाई निरुत्सा हित बनाएको छ भन्दै हिँड्नु भएको छ । काम गर्ने प्रहरी प्रशासनको निकाय पनि प्रतिपक्षले परिचान गरेको जस्तो देखिएको छ,’–उनले भने । 
विगतमा भ्रष्टाचार छानविन गर्छु भनेर सरकारले अनेक हल्लाखल्ला गरेपनि सुन प्रकरणमा आफ्नै मान्छे जोडिएपछि चुपचाप बसेको टिप्पणी गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएको पूर्व प्रधानमन्त्रीहरु माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्तिदिइएको उनको आरोप छ । वर्तमान सरकारले निकै शानदार ढंगले हल्लाखल्ला गरेरसुरु गरेको भ्रष्टाचार विरुद्धको अभियान हात्तिआयो, हात्तिआयो फुस्स बनेको उनको टिप्पणी छ । 
उनले एमालेले समकालीन राजनीतिमाप्रचण्ड र माधव नेपालसँग सहकार्य नगर्ने बताए । अन्तर्राष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले कमजोर धरातल भएको प्रचण्डलाई बोकेर हिँडेको उनले टिप्पणी गरे । उनले यसले कांग्रेसलाई नै बढी घाटा भइरहेको बताए । कांग्रेस जिम्मेवार हुननसकेको उनको भनाइ छ ।
कांग्रेसमाकोशीप्रदेशमाविद्रोहको वातावरण बनेपनिउक्तविद्रोहबाट कांग्रेसले पाठ सिक्ने भन्दापनिउक्तविद्रोहलाई सामसुम गरेर जबर्जस्ती सत्ता टिकाउन लागिपरेको बताए । ‘प्रचण्डसँग सहकार्य गर्ने कुरा, माधव नेपालसँग सहकार्य गर्ने कुरा आजको समकालीन राजनीतिमा सम्भावना छ भन्ने कुरा मलाई लाग्दैन । त्यो खाले समीकरण बनाउने र सत्तामाजाने हाम्रो इन्ट्रेस्ट छैन ।’ उनले भने, ‘अन्तरार्ष्ट्रिय शक्तिको दवाबमा कांग्रेसले प्रचण्ड जस्तो कमजोर धरातल भएको व्यक्तिलाई च्यापेर हिँडेको छ । त्यसले प्रचण्ड भन्दा पनि कांग्रेस र शेरबहादुर देउवालाई कमजोर बनाइरहेको छ ।’ 
फरक प्रसंगमाउनले अहिले पुर्नउत्तथान वादी शक्तिहरुले टाउको उठाउन खोजेकार बैंकका ठगहरुले ज्ञानेन्द्रलाई उचालिरहेकाउनले आरोप लगाए । दरबार हत्याकाण्ड छानविनको प्रश्न उठिरहेको भन्दै उनले प्रचण्डले छानविन गर्छन् भन्ने आफूलाई नलागेको बताए ।
विरेन्द्रको वंशनाश भएपछि राजा बनाइ देऊ भन्दै माधव नेपालले ज्ञानेन्द्रको पाउमा दाम चढाएकाले उनीमाथि नैतिकताको प्रश्न उठेको उनले बताए । राजा ल्याएर देशमा समृद्धि आउँछ भन्नु कोरा सपनामात्रै भएको उनले बताए । उनले लोकतन्त्रको विकल्प राजतन्त्र नभएर केवल उन्नतलोकत भएको दाबी गरे ।उनले ज्ञानेन्द्रलाई राजनीतिगर्न मन लागेको भएदलखोलेर प्रतिस्र्धामा आउनसमेत चुनौतीदिए । 
‘राजनीतिगर्न रहर लागेको छ भने हाम्रो संविधानले बडो स्पष्ट व्याख्यागर्दिएको छ । ज्ञानेन्द्रकै नाममा पार्टी खोले भयो । ज्ञानेन्द्रलाई समर्थन गर्ने को–को हुन् ?ती सबै तत्वहरुलाई एक ठाउँमा समेटे भयो ।’ उनले भने, ‘आगामीनिर्वाचनमाचुनाव लडे भइगयो । होईन भने दुई चार जनाव्यक्ति र पार्टीलाई उचालेर फेरि शक्तिमाआउन सक्छु भन्ने सपना ज्ञानेन्द्रले बोकेकाहुन् भने ज्ञानेन्द्र त ओरिजिनल राजाहुँदै होईनन् । ओरिजिनल राजावीरेन्द्र र उनको वंशनाशगरिहालियो ।’ 
आफूहरुले पूर्वराजा ज्ञानेन्द्रलाई कारबाहीगरिनुपर्छ भन्ने मान्यतानबोको उनको भनाइ छ । आफ्ना समर्थकहरुलाई जम्मा गरेर दलखोल्न उनले पूर्वराजालाई सुझावदिए । ‘पूर्वराजालाई कारबाहीगर्नुपर्छ भन्ने मान्यताएमाले बोकेको छैन । ज्ञानेन्द्र अहिले पनि पार्टी खोलेर राजनीतिमाआउन्, राजेन्द्र लिङ्देनदेखि रविन्द्र मिश्रहरु प्रकाशचन्द्र लोहनीहरुलाई मिलाएर को–को अपराधिकप्रवृत्तिकामानिसहरु छन्, तिनको नामलिनपनिझ्याउ नै लाग्छ । उनको पार्टी खुलोस्, शुभकामना छ,’– उनले भने ।
साथै, अहिले देशमा पपुलिष्ट प्रवृत्तिको खतरा रहेको उनको ठहर छ । उनले निर्वाचनकानुनमादुई दलवादुई गठबन्धनबीचको निर्वाचन र नो भोटको व्यवस्थाहुनअनिवार्य देखिएको बताए । निर्वाचन कानुन मायी दुई व्यवस्था नभए सम्म देशमा अस्थिरता बढ्ने र नानीमैयाँ प्रवृत्तिहरुले चुनावजितिरहने बताए । 
उनले अहिले सबैभन्दा संगठित र राष्ट्रवादी अभियानमा रहेको पार्टी एमालेमात्रै रहेको दाबी गरे । एमालेको मिसन ८४ लाई अरुले समेत कपी गरेको उनले टिप्पणी गरे । २०८४ सालमाअथवाजहिले निर्वाचन भए पनि एमालेले बहुमत ल्याएर सत्ताको नेतृत्व गर्ने गरीको तयारीमा रहेको बताए । 
फरक प्रशंगमा उनले मदन भण्डारी हत्या प्रकरण छानविन भए हत्यारा पत्तालाग्ने बताए ।नेता बस्नेतले साम्राज्यवादी शक्ति र त्यतिबेलाको सरकारको संलग्नतामा उक्त घटना भएको दाबी गरे । मदन भण्डारी हत्या प्रकरणबारे गिरिजा बाबुका तत्कालीन सल्लाहकार उमेशजी (उनले थर बताएनन्) को बयानलाई आधार मानेर छानविन गरे हत्यारा पत्ता लाग्ने बताएका हुन् । 
‘मदन भण्डारीको हत्यारा पत्ता लाग्छ नै ।सवाल के हो भन्दाविभिन्नखाले साम्राज्यवादीशक्ति र त्यतिखेरका सत्ताको संलग्नता भएको हुनाले यो विषय जटिल छ । गिरिजा प्रसाद कोइरालाको नामसमेत मुछेर तत्कालीनगिरिजा प्रसादकोइरालाका सल्लाहकार उमेशजीले जुन कुरा उजागार गर्नुभएको छ । त्यो विषय पत्ता लाग्छ ।यस्ता षड्यन्त्र पूर्ण घट्नाहरु उमेशजीले दिएको बयानका आधारमा छानविन गर्दा पत्ता लाग्छ,’– उनले भने । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि