त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद

Dec 16, 2023 - 11:29
 0  4
त्रिभुवन विमानस्थलबाट ५५ किलो गाँजा बरामद


 मंसिर ३०,काठमाडौं,काव्य घर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि