एक डिआइजी सहित सोर्‍ह एसएसपीको सरुवा 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी० अर्जुन चन्द ठकुरी,एसएसपी सहित सोर्‍ह एसएसपीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्।

Feb 9, 2024 - 21:53
Feb 9, 2024 - 22:01
 0  7
एक डिआइजी सहित सोर्‍ह एसएसपीको सरुवा 
फायल तस्वीर

माघ २६ काठमाडौ ,काव्य घर/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक डीआईजी० अर्जुन चन्द ठकुरीको सरुवा भएको छ। उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले उनलाई काजमा प्रहरी प्रधान कार्यालय सरुवा गर्ने निर्णय गरेका हुन्।

प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा उनलाई सरुवा गरिएको छ। प्रदेश समन्वय विभागको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० हुन्छन्। हाल प्रदेश समन्वय विभागको प्रमुख एआईजी सुदीप गिरी छन्।

विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच कुटाकुट भएपछि छानबिन भएको थियो। गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले कार्यालय प्रमुखमाथि समेत प्रश्न उठाएपछि चन्द असन्तुष्ट भएका थिए। यही कारण उनले राजीनामा समेत बुझाएका थिए।

तर, प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरक्षिकहरुले सम्झाएर उनको राजीनामा फिर्ता गराएका थिए। राजीनामा फिर्ता गर्दै उनलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गर्ने वचन पनि महानिरीक्षक बसन्तबहादुर कुंवरले दिएका थिए।

त्यसको केही दिनमै उनलाई सरुवा गरिएको हो। डीआईजी चन्दलाई विमानस्थल प्रमुखका रुपमा खटाउँदा पनि काजमै सरुवा गरिएको थियो। उनको दरबन्दी भने त्यतिबेला पनि साइबर ब्यूरो मै थियो। अहिले पनि दरबन्दी साइबर ब्यूरोमै राखेर काजमा प्रहरी प्रधान कार्यालय लगिएको हो।

त्यस्तै नेपाल प्रहरीका १६ प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०को सरुवा भएको छ। गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एसएसपी दीप शम्शेर जबरासहित १६ जनालाई सरुवा गरेको हो। जवरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको हो।

त्यस्तै अरुण पौडेल, ईश्वर कार्की, ओम बहादुरा राना, कृष्णबहादुर पल्ली मगर, कृष्णहरि शर्मा पोखरेल, गणेश चन्द, गोपाल चन्द्र भट्टराई, जीवनकुमार श्रेष्ठ, प्रविण पोखरेल, मुकुन्द मरासिनी, रमेशकुमार बस्नेत, राजेन्द्र प्रसाद भट्ट, शेखर खनाल, सिद्धिबिक्रम शाह र सुशील सिंह राठौरलाई सरुवा गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि