नेसपा केन्द्रीय समितिको छलफल कार्यक्रम सम्पन्न

डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको वैकल्पिक राजनीतिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीनिम्ति संविधान संशोधनको विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेको छ।

Feb 4, 2024 - 18:19
Feb 4, 2024 - 18:21
 0  6
नेसपा केन्द्रीय समितिको छलफल कार्यक्रम सम्पन्न

माघ २१ काठमाडौ ,काव्यघर / डा.बाबुराम भट्टराई र महिन्द्र राय यादव नेतृत्वको वैकल्पिक राजनीतिक शक्ति नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीनिम्ति संविधान संशोधनको विषयमा केन्द्रीय समिति बैठकमा छलफल गरेको छ।

यही माघ २० गते काठमाडौँमा बसेको बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीबाट मात्र मुलुकको विकास र समृद्धि सम्भव हुने बताएको छ। उक्त एजेन्डा वर्षौंदेखि पूर्वप्रधानमन्त्रीसमेत रहेका डा.बाबुराम भट्टराईले उठाउँदै आएका छन्। त्यसैगरी बैठकमा वित्तीय क्षेत्रमा देखा परेका समस्या, भ्रष्टाचार नियन्त्रणका विषयमा पनि छलफल भएको छ। बैठकले शान्ति प्रक्रियाको बाँकी कामलाई तत्काल पूर्णता दिनुपर्ने, कोशी प्रदेशको नाम परिवर्तन गरेर पहिचानका आधारमा नामांकन गर्नुपर्नेलगायत ८ बुँदे प्रस्ताव पारित गरेछ। त्यसैगरी गरी नेसपाले पार्टीका केन्द्रीय सदस्य जीतमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा नियोजित रूपमा प्रकाउ गरेको भन्दै रिहाइको माग गरेको छ।

नेसपाले जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट मात्र समाधान गर्नु पर्ने र त्यसैका निम्ति आयोग बनाइएको बताएको छ। त्यसैगरी बैठकमा विधान संशोधनलगायत विषयमा सहमति भएको छ। नेसपाले विचार र एजेन्डा मिल्ने दलहरूसँग संवादलाई निरन्तरता दिने विषयमा पनि छलफल गरेको छ। नेकपा माओवादी केन्द्रसँग तत्काल एकताको सभ्भावना नरहेको पनि नेसपाले जनाएको छ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र नेसपाले बोकेको समाजवादी एजेन्डाले मात्र मुलुकलाई तीव्र गतिमा समृद्धिको बाटोमा लैजान सक्ने पनि नेसपा बैठकमा छलफल भएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि