चन्द्रागिरीमा हनुमान जयन्ति सम्पन्न
आन्तरिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित हनुमान वाटिका ताप्केचौरमा हनुमान मंदिरको निर्माण गरी हनुमान जयन्ति सम्पन्न गरिएको छ ।
बैशाख १२, काठमाडौं, काव्य घर । आन्तरिक तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले चन्द्रागिरी नगरपालिका वडा नम्बर २ स्थित हनुमान वाटिका ताप्केचौरमा हनुमान मंदिरको निर्माण गरी हनुमान जयन्ति सम्पन्न गरिएको छ ।
सो अबसरमा हनुमान मंदिर प्रांगणलाई फूल तथा दीपले सजाईएको छ।हनुमान मंदिरमा आजको यो खुशियालिमा स्थानीय श्रद्वालु भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । हनुमान मन्दिर सेवा केन्द्र चन्द्रागिरीका पुजारी अच्युतप्रसाद भण्डारीले मन्दिर निर्माणले धार्मिक तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
मन्दिरको व्यवस्थापनका सदस्य समेत रहेका भण्डारीले मन्दिरको भौतिक संरचना तथा ब्यवस्थानमा विशेष योगदान पुर्याएका उनले मुलुकमा धार्मिक सहिष्णुता तथा सद्भाव बढेको बताउँछन् । स्थानीय सरकार चन्द्रागिरी नगरपालिका २ नं। वडा बाट मन्दिर निर्माणमा छ लाख सहयोग प्राप्त भएको तथा स्थानीयवासीद्वारा चार लाख चन्दा संकलन गरिएको र वडा कार्यालयबाट मन्दिर जाने सिंढी निर्माणका लागि तीन लाख सहयोग उपलब्ध भएकोले तदारुकताका साथ निर्माणकार्य सम्पन्न गरिने कुरा उनी बताउछन् ।
नेपालमा भगवान रामका भक्त हनुमानप्रति आस्था तथा विश्वास राख्ने भक्तजनको संख्या धेरै रहेकोले हनुमान भक्तहरुमा दया,प्रेम र करुणाको भावना अत्याधिक हुन्छ भन्ने कुरा समेत उनी बताउँछन् ।
भक्तजनको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा दिनभरी जस्तो भजन किर्तन प्रसाद वितरण गरी साँझ आरती पश्चात कार्यक्रम सम्पन्न गरिएको थियो ।
What's Your Reaction?