दशैको सम्झना - दिदी शर्मा ललिता
दशैको शुभकामना सहित प्रेमिल शब्दमा दिदी
हर क्षेण तिमी मष्तिषकमा आउँछेऊ
नदेखाैँ तिमिलाइ भनी कयाैं पटक आँखा बन्दगर्छु
किन खै! सङ्लाे भएर नजर भरी आउँछेऊ।
म त मायामा पाे रहेछु तिम्राे माया यस्ताे माया !
जस्काे अन्त्य छैन, साँध सिमा केही छैन।
अनि पहिलाे चाेटी भेट्दा लागेकाे थिएन
तिमिलाइ फेरि भेट्छु र कसरी कल्पना गर्न सक्थें र
तिमी यति खास हुन्छाै अनि त्याे मायाकाे महासागरमा डुबुल्की मार्छु भनेर।
तिमी प्रतिकाे थेगि नसक्नु मायालाइ कति बिर्सिन काेसिस गर्छु
अहँ:सक्दिन सायद यहि रहेछ निस्चल माया ।
हुनत: तिम्राे प्रेमले मायाकेा कदर गर्न सिकायकाे छ।
चिनिझैं प्रेमकेेा एहसास काे स्वाद दिएकाे छ।
तिमीले साच्चै मेराे जिन्दगीमा सुन्दर बहार पनि त दिएकी छेऊ
र तीन दशक बढि शिक्षक पेसामा आवद्ध भइ जसरी ती बिद्यार्थीहरुलाई प्रेमकाे भाषा बुझाइ ।
प्रेम पुर्ण ब्यावहार गर्नुपर्छ भन्ने पाठ सिकायाै बालबालिकाकाे समग्र भविष्यकाे खाका काेरि दियाै ,
त्यस्तै; गरीमेराे जिन्दगीका पनि हरेक अध्यायहरुमा सकरात्मक पाठ सिकाएकि छेऊ।
बेमाैसमी रङ्गिचङ्गी हरियाली दिएकी छेऊ प्रेमकाे सुवास भर्न संस्कार सिकाएकी छेऊ
यदि तिमी सग भेट हुदैनथ्याे भने म कसरी सिक्थेंहाेला र यति मिठाे गाथा।
तिमी मेराे पटकपटक मरेकाे जिन्दगीकाे बहार बनेर आएकी छेऊ ।
तिमी सगकाे हरेक पटककाे सम्वाद र भेट सङ्गै अझ माया बढेकाे एहसास हुन्छ ।
जिन्दगीमा एक जना आउछ उस्ले मनमा घर बनाउँ ।
तिमी यति निस्वार्थि र मायाकाे जरिया छाै कि !
तिमी बिना म काेहि हैन भन्छ याे मनले
तिम्रा हरेक गुणहरु शब्द,कबिता र गितमा अभिब्क्त गर्न सकिन्न
तिमी त सुमधुर सङ्गीतकी झङ्कार हाै।
प्रीय दिदी शर्मा ललिता; मेराे मनमा लागेका र महसुस गरेका
प्रेम;देखाउनलाइ हैन रहेछ महसुस अनुभुत गर्ने कुरा हाे।
मन भरिकाे माया सङ्गल्दै धेरैधेरै मिस गरेकि छु।
प्रेम र आस्थाका साथ तिमिसँग छिट्टै भेटहुने अपेक्षा गरेकी छु।
तिमी केही दिनकाे लागी टाढा भए पनि याद रहन थाल्याै।
नजर भरि आउन थाल्याै तिमाे त्याे मायाले
घरिघरि सब थाेक बिर्सिन्छु बेचैन हुन्छु ।
मात्र तिमी यादमा हुन्छेउ बाकि दुनियाँ खाली हुन्छ
आँखाबाट प्रेम र यादहरु ताजा बनाइ दिन्छेऊ
म लडे पनि भाराेसा छन् तिम्रा हातका।
कदाचित म बढें भने पनि मात्तिन्न। ख्याल छ तिम्राे इज्जतकाे।
किनकि: गहिराे घाउमा पनि मुस्कुराउने आधार हाै तिमी।
लुकेका बाेझहरु निकाल्ने माध्याम हाै तिमि।
र चिच्याहट भित्रका माैनता पाैख्ने बिस्वासकी पात्र हाै तिमी।
धाेकाकाे उपनाम नदिने एक भरासिलाे स्तम्भ हाै तिमी।
मेराे सानेा मुटुमा तिम्राे मुटु पनि त्यहि अटेकाे छ ।
त्यहि मुटुमा सबै ब्याथा जति अटेकाे छ।
लाग्छ तिमि सधै अघि देखुँ मेराे आँखा उघ्रिंदा
याे मन सधेै तड्पियाेस तिम्राे अभावमा ।
आँखाकाे तल कालाे घेरा बनेर देखाइरहेछ र
अाेठका मुस्कान झुठाे हाे भनेर बताइ रहेछ।
तिम्राे अभावम खुसी पनि रुखका पात झै पँहेला भएर झर्छन्।
अनि कतैबाट अज्ञात हावा आइ उडायर लैजानेछ।
What's Your Reaction?