नेपाल भ्रमणमा श्रीलंकाका विदेशमन्त्री आउँदै
पौष २, काठमाडौं, काव्य घर । दुई देश बीचको सम्वन्धलाई अझै प्रगाढ बनाउँने उद्देश्यका कारण श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मेहम्मद अली साब्री नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल–श्रीलंका संयुक्त आयोगको बैठकमा सहभागी हुन साब्री बुधबार नेपाल आउने भएका हुन् ।
नेपाल श्रीलंकाको विदेशमन्त्रीस्तरीय संयुक्त बैठक २१ र २२ डिसेम्बरमा काठमाडौँमा हुने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार श्रीलंकाका विदेशमन्त्री साब्री बैठक सकेर शुक्रबार स्वेदेश फिर्ता हुनेछन् ।
What's Your Reaction?