पत्रकार /साहित्यकार बी.के पाल्पालीको ‘स्मृतिग्रन्थ’ प्रकाशनको तयारी 

नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका पाल्पालीका १५ वटा विभिन्न विधाका कृति प्रकाशित छन । यस्तै गरी करिब २५ वर्षको पत्रकारिताको अनुभव रहेका छ ।

Dec 18, 2023 - 13:39
Dec 18, 2023 - 14:20
 0  28
पत्रकार /साहित्यकार बी.के पाल्पालीको ‘स्मृतिग्रन्थ’ प्रकाशनको तयारी 

पत्रकार तथा साहित्यकार बी.के पाल्पालीको ‘स्मृतिग्रन्थ’ पेरोल काव्य घर नेपाल साहित्य प्रतिष्ठानले प्रकाशन गर्ने भएको छ । आज बसेको काव्य घर मिडिया प्रा.लिका अध्यक्ष राजकुमार खड्गाको अध्यक्षतामा बसेको बैठकले सो  निणर्य गरेको हो ।

उक्त निर्णय संस्थाकी महासचिव तथा साहित्य विभागीय प्रमुख रेणुका भट्टराईले जानकारी गराउँनु भयो । नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका पाल्पालीका १५ वटा विभिन्न विधाका कृति प्रकाशित छन । यस्तै गरी करिब २५ वर्षको पत्रकारिताको अनुभव रहेका छ ।

उनी  २०६२ साल देखि नेपालबोर्डर साप्ताहिक समसामयिक पत्रिकाका प्रकाशक / सम्पादक थिए । यसै गरी कानुनको क्षेत्रमा समेत योगदान पू¥याएका पाल्पाली बारएसोसिएसनका सदस्य समेत रहेका थिए । समाजशास्त्रमा,मानवशास्त्रमा र राजनीतिकशास्त्रमा एम.ए,गरेका उनले एक वर्षे विएड, र कानुनमा स्नातक गरेका थिए । बहुप्रतिभाका धनि पाल्पाली पेरोल साहित्य प्रतिष्ठान नेपाल काठमार्डौका संस्थापक अध्यक्ष भएर २० वर्ष यस संस्थालाई अगाडी बढाएका थिए । विभिन्न संघसंस्थामा आवद्धघ पाल्पालीका लेख रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । 

 पत्रकार महासंघ काठमाडौं शाखाको सदस्य भएका पाल्पालीको पत्रकारिताको छुट्टै इतिहास छ ।दजर्नौ कृति सम्पादन गरको पाल्पाली अत्यन्तै सरल, मृदु भाषी सहयोगी जागरुक युवा पाल्पालीले कविता, छन्दकविता, गजल, हाइकु उपन्यास, कथा, आदिमा कलम चलाएका थिए । उनका एउटा महाकाव्य, ४ वटा खण्डकाव्य, हाइकु साहित्यको सैदान्तिक अवधारण, लगायत १५ वटा कृति प्रकाशित छन् । पिएच.डी गर्ने तयारीमा समेत जुटेका उनका अप्रकासित कृति अझैै १ दर्जन भन्दा वढी रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अर्जुन विरक्तिका विषयमा

लेखिएको कृति प्रकाशनको तयारीमा छ । यो कृति २०६५ सालमा नै तयार गरिएको हो । यस्तै विविध पक्षलाई समेटेर उनको स्मृतिग्रन्थको तयारी गरेको छ । स्मरणरहोस् ३८ वर्षको उमेरमा दुबै मिर्गौला फेल भई ९ वर्षको पीडाबाट उनले मुक्ति पाएका थिए  । २०७८ फागुन १७ गते उनको देहवसान भयो । यस समयमा उनलाई यतिलामो समय सम्म बचाउँन राज्य,पत्रकार महासंघ, विभिन्नि संघसंस्था, आमनागरिक सबै लागेको इतिहास छ । यस स्मृति ग्रन्थमा उनलाई बचाउँनु हुने सम्पूर्णलाई समेट्ने प्रयास रहने जानकारी भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि