भक्तपुर नापी कार्यालयलाई जोगाउने प्रयास भइ रहेको छ-रामकुमार सापकोटा

जग्गाको कारोवारका हिसावले यहाँ भू–माफियाको ठूलो खेल छ

Jun 27, 2023 - 17:12
Jun 28, 2023 - 15:57
 0  23
भक्तपुर नापी कार्यालयलाई जोगाउने प्रयास भइ रहेको छ-रामकुमार सापकोटा

असार,१२ भक्तपुर, काव्य घर नेपाल / भ्रष्टाचारले हरेक क्षेत्रमा नराम्रोसँग जरा गाडिरहेको छ । विशेषः गरी मालपोत र नापी कार्यलाय अखडा नै हुन् भन्दा फरक नपर्ला । प्रत्यक्ष रुपमा आर्थिक लेनदेन जग्गाको कारोवार हुने ठाउँमा खुलेयाम भ्रष्टाचार मौलाएको छ । अझ विचौलिया त नियम अनुसारनै ५ प्रतिशत भन्दै रकम असुलिरहेका हुन्छन् । हरेक नेपाली नागरिक मालपोत र नापी कार्यालय परिसरबाट ठगिएकै हुन्छन्  आफ्नो नाम नबताउने सर्तमा रामेछाप निवासी सेवाग्राहीले बताए । भक्तपुर जिल्ला अन्य जिल्लाहरु भन्दा अझ धेरै विवादित जिल्ला हो । जग्गाको कारोवारका हिसावले यहाँ भू–माफियाको ठूलो चलखेल हुने गर्दछ । विभिन्न प्रकृयाबाट प्लटिङ्गको नाममा सोझा सिधा नागरिकको जग्गा मिचेर पैसाको आडमा भु-माफियाहरु द्वारा सर्वसाधारण  ठगिएका छन् । यहाँका मालपोत र नापी  दुवै सरकारी निकायका कर्मचारीको समेत मिलोमतो ती नै ठग दलाल भु माफियासंग हुने गर्दछ ।मालपोत र नापी बेहिसाब  दलाल, भूमाफिया राजनितिक  झोले नेता कार्यकर्ता आदि टाठा बाठाको कमाउँने अड्डा हो भन्दा फरक पर्दैन ।

 

भक्तपुर नापी कार्यालयका प्रमुख रामकुमार सापकोटा यस विषयमा भने अत्यन्तै गम्भिर रहेका छन् । भ्रष्टाचार गतिविधीबाट नापी कार्यालयलाई बचाउँने प्रयास गरिरहेको काव्य घरलाई बताए । सिसीक्यामेराबाट आफुले निगरानी गरिरहेको बताउँने उनले सुशासन र भ्रष्टाचार  मुक्त देश बनाउन एउटा कर्मचारी मात्रै लागि परेर हुदैन।यतिबेला सबै लुट्न तछाड मछाड गरेर लागि परिरहेका बेला नागरिक आफै सचेत हुनु पर्नेमा जोडदिदै नापी कार्यालयका कार्य सम्पादन पारदर्शि बनाउँने कार्य भइरहेको र आफु यस भक्तपुरको नापी कार्यालयमा आएपछी  निकै सुधारका कार्य गरेको कार्यालय प्रमुख  दाबी गर्छन यसकारण पनि सेवाग्राही आशावादी भएका छन । तर मालपोत र नापी कार्यालय परिसरमा खुलेआम   हुने गरेका आर्थिक लेन देन रोक्नु पर्नेमा जोड दिदै नागरिकको पक्षमा काम गरि सेवा प्रदान गर्नु पहिलो दायित्व रहेको बताए ।

 पैसाको आडमा पछिल्लो समय प्लानिङ्गको नाममा थिचोमिचो बढेको र उत्पादन हुने उर्वर जमिन उत्खनन् गर्न दिने सरकारी नीति नागरिकको हित विपरित रहेको छ । यस प्रति सम्वन्धीत निकायको ध्यान पुगोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि