अनेसास नेपाल च्याप्टरको पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

Oct 8, 2023 - 04:38
 0  22
अनेसास नेपाल च्याप्टरको पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न


असोज २१,पोखरा, काव्य घर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा पोखरामा "डायस्पोराको नेपाली साहित्य" बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। अनेसास नेपाल च्याप्टर का अध्यक्ष राजेन्द्र के. सि.को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि अनेसासका केन्द्रिय अध्यक्ष गोवर्धन पूजा रहनु भएको थियो भने विशिष्ट अतिथिको रुपमा अनेसास केन्द्रिय महासचिव बिमला निरौला रहनु भएको थियो। कार्यक्रममा पोर्चुगल च्याप्टर कि सचिब गोमा रेग्मिको समेत सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल च्याप्टर का कार्यसमिति सदस्य दुर्गा बाबा ले स्वागत मन्तव्य राख्नु भएको थियो भने अनेसास नेपाल च्याप्टर का कार्यसमिति सदस्य आकाश अधिकारीले कार्यक्रम संचालन गर्नु भएको थियो। झन्डै ५० भन्दा बढी स्थानीय कवि तथा साहित्यकार हरुको सहभागीता रहेको थियो। उक्त कार्यक्रममा केन्द्रीय अध्यक्षको बाहुलीबाट परिचयपत्र आजिवन सदस्यताको प्रमाणपत्र साथै पिन "व्याच" वितरण गरिएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि