अन्तर्राष्ट्रिय पुस्तक दिवसको उपलक्ष्यमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु 

अँध्यारोबाट उज्यालोमा हिँडाउन र ज्ञानविज्ञालाई विश्वव्यापी तुल्याउनमा अन्तर्राष्ट्रिय पुस्तक दिवसको अहम भूमिका रहँदै आएको छ

Feb 15, 2024 - 20:48
Feb 15, 2024 - 20:50
 0  8
अन्तर्राष्ट्रिय पुस्तक दिवसको उपलक्ष्यमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु 


माघ ३, काठमाडौँ, काव्य घर । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी मेला –२०८० को आयोजना गरेको छ । यस पुस्तक प्रदर्शनीको आयोजना २०८० फागुन १८ गतेसम्म रहने छ ।
यस पुस्तक प्रदर्शनीको उदघाटन प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभएको थियोे। यसै क्रममा कुलपति राईले पठन संस्कृतिलाई व्यापक तुल्याउने उद्देष्यले पुस्तक प्रदर्शनी मेलाको आयोजना गरिएको हो भन्नु भएको थियोे ।

उहाँले प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक र पत्रिकालाई पाठक सामू पुर्याउन यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोडदिनु भएको थियोे । यस क्रममा उहाँले अँध्यारोबाट उज्यालोमा हिँडाउन र ज्ञानविज्ञालाई विश्वव्यापी तुल्याउनमा अन्तर्राष्ट्रिय पुस्तक दिवसको अहम भूमिका रहँदै आएको छ भन्नु भएको थियोे । 

यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट यस प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित प्रकाशित शब्दकोश समालोचना,खोजअनुसन्धान,भाषा,साहित्य,दर्शन,सामाजिक, इतिहास,कला,र संस्कृति लगायतका विधागत पुस्तकहरू राखिएका छन् । यसै क्रममा आमपाठकहरूको पठन संस्कृति र अभिरुचिलाई ध्यानमा राखेर प्रज्ञा नेपाली बृहत् शब्दकोश लगायत एक हजारथान भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएका छन् । 

यस प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनीमा राखिएका पुस्तकहरू इच्छुक व्यक्ति वा क्रेताले रु २०९बिस०देखि ४०९चालीस० प्रतिशतको विशेष छुटमा खरिद गर्न सक्ने छन्। यस प्रदर्शनीमा रू५९रु पाँच० मूल्य रहेको काव्यर्चनादेखि रू तीन हजार तीन सय पाँच रूपैयाँ ०३,३०५र मूल्य रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोशसम्म राखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि