७३ लाख सहकारी पीडितहरू काठमाडौं उत्रिँदै, चैत्र १ गते काठमाडौं ठप्प पार्ने चेतावनी

Feb 15, 2024 - 21:10
 0  4
७३ लाख सहकारी पीडितहरू काठमाडौं उत्रिँदै, चैत्र १ गते काठमाडौं ठप्प पार्ने चेतावनी


फागुन ३, काठमाडौं, काव्य घर  । सहकारीबचतकर्ता संरक्षण राष्ट्रिय अभियानले पीडित बचतकर्ताको रकमफिर्ता गराउन सशक्तआन्दोलनछेड्ने घोषणा गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलनमार्फत आगामीआन्दोलनकाकार्यक्रमबारे जानकारी गराइएको हो । 
फागुन ६ गते सहकारी विभागमाधर्ना दिएर आन्दोलनको सुरुवातगर्ने, ८ गतेबाट काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमाकोणसभा, घरदैलो कार्यक्रमगर्ने र चैत १ गते देशैभरका पीडितले काठमाडौंकेन्द्रितआन्दोलनगर्ने बताइएको छ । 


सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुश्लव केसीलेआफूहरुले सहकारी पीडितहरुको पक्षमा यसअघि सरकारसँग गरेको सम्झौताअहिलेसम्मकार्यान्वयनको प्रयाससमेतनभएको बताए ।सरकारले चैत मसान्तसम्म सबै बचतकर्ताको रकमफिर्ता गराउने प्रतिवद्धता व्यक्त गरेपनिअहिलेसम्म केहीकामनगरेको र आफूहरुसँग समन्वयसमेत नगरेको उनको भनाइ छ । 
सरकारको यसप्रकारको गतिविधिले सरकार कसकालागिहो ?भन्ने प्रश्नचिन्ह खडा भएको बताए । अहिले आफूले नेतृत्व गरेको अभियानमा७३ लाख पीडितहरु जोडिएका उनको दाबी छ । उनले ती पीडितहरु विभिन्नदुई सय ८९ सहकारीमा आवद्ध रहेकाबताए । आफूहरु अब सहकारी पीडितको न्यायकालागि मर्न पनितयार भएर सडकमा जानलागेको उनले उद्घोष गरे । साथै, उनले अब सरकारको कागजी सहमतीमा यो आन्दोलन नरोकिने बताए ।

अब संगठित रुपमा सशक्तआन्दोलनमा छेड्ने उनको चेतावनी छ । 
‘सहकारी विभागमायहीआउँदो. ६ गते आइतबार १० बजेबाट ५ बजेसम्मधर्ना दिर्न कार्यक्रमको सुरुवातगर्दैछौं । पहिलो चरणको आन्दोलन सहकारी विभागको प्राङ्गनबाट सुरु हुन्छ । ८ गतेबाट हामी काठमाडौं, भक्तपुर र ललितपुरको प्रत्येक गल्ली–गल्लीमाकोणसभा, घरदैलो कार्यक्रम गर्छौं ।’ उनले भने, ‘उहाँहरुकागुनासो र सल्लाहसुझावलिने काम गर्छौं । चैत १गते देशभरका पीडित बचतकर्तालाई काठमाडौं आह्वान गर्छौं । चैत १ गतेबाटभने हाम्रो कार्यक्रमज्यानको बाजीलगाएर लड्न हामीतयार छौं ।’
अब सहकारी बचतकर्ताले रकम पाउँछन्, पाउँदैनन् भन्ने ग्यारेन्टी सरकारले दिएनजस्तो आफूहरुलाई नलागेको उनले बताए । उनले सहकारी पीडित बचतकर्ताहरुलाई न्यायकालागि मर्न पनि पछाडि  नहट्न आह्वान गरे । बीचमा कसैसँग मिल्ने, झुक्ने र साँठगाँठ गर्ने कामनगर्न पनिउनले सबै अभियन्ताहरुलाई आग्रह गरे ।

 

सोझा साझा पीडित बचतकर्तालाई न्यायदिलाउनआफूहरु लागिरहने उनको भनाइ छ । 
अभियानकामहासचिव राजेश विष्टले नियम र ऐन कानुनअनुसार चलेका र बचतकर्तालाई दुःखनदिएका सहकारीले पनिआफूहरुले सुरु गर्ने आन्दोलनमा साथदिनुपर्ने बताए । सहकारीकानाममा ठगी गर्नेलाई कानुनीकारबाहीको दायरामाल्याउन सहयोग गर्न उनले अपिल गरे । 
नेपालप्रहरीका पूर्व आईजीपी एवं नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले सहकारीका बचतकर्तालाई राज्यले र ठगहरुले पीडित बनाएको बताए । सहकारी पीडितहरुको समस्या समाधानगर्न अहिलेसम्मविभिन्नआयोग बनेको र सम्झौताभएकाभएपनिकुनै पनि सरकारले कार्यान्वयननगरेको उनले बताए ।

नेताखनालले सहकारी ठगहरुले लुट मच्चाउँदापनि सरकार हेरेर बसेको बताए । सरकारमा रहेकाहरुले सहकारीका ठगहरुसँग साँठगाँठ गरेको उनको आरोप छ । 
‘सहकारी चलाउने भ्रष्टाचार, दलालहरुसँग साँठगाँठ गरेर राज्यले पीडितहरुलाई अझ पीडित बनाएको छ । मेरो त निश्कर्षयहीहो,’– उनले भने । राज्यअभिभावकभएर पीडितको न्यायको पक्षमाउभिनआवश्यक रहेको उनले बताए । सरकारले चासो राख्ने हो भने अहिले भएकाकानुन नै सहकारी ठगहरुलाई कारबाहीगर्न पर्याप्त रहेको उनले बताए । सहकारी ठग, सुन्डमुसुन्ड र अपराधिहरु सरकारकै वरिपरी घुमिरहेकाउनको आरोप छ । 
त्यसैगरी, आफूलाई ललितपुर, कुमारीपाटी स्थित गुडविल बचत तथा सहकारी संस्थाको बचतकर्ता बताउने यमबहादुर विष्टले चार वर्षदेखिआफूले बचत रकमफिर्ता नपाएको बताए । उनले सरकारले पनिकुनै पहलकदमीनलिइदिएको भन्दै दुःखव्यक्त गरे । आफूले पैतृक सम्पत्ति बेचेर आएको ११ करोड पैसा उक्त सहकारीमा राखेको उनको भनाइ छ । 
अर्का सहकारी पीडित दृष्टिबिहीन उमेश थापाले आफू देउराली बहुउद्देश्यीय सहकारीबाट ठगिएको बताए । आफूसहित७जनाको करिब ४० लाख रुपैयाँउक्त सहकारीले ठगी गरेको उनले बताए । उक्त पैसा देउराली सहकारीमाफस्दाअहिले कामगर्नसमेत गाह्रो भएको उनले बताए । आफूजस्तै धेरै दृष्टिबिहीन र अपाङ्गको बचत सहकारीले ठगेको उनको भनाइ छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि