अनुचित लेनदेनका ठगहरुलाई प्रकाउ पुर्जी

दमकका अनुचित लेनदेनका पीडितहरुको उजुरीका आधारमा आयोगले बारम्बार ताकेता गर्दापनि अटेर गरि फरार रहेका मिटर ब्याजीहरु विरुद्ध आयोगद्वारा पक्राउ पुर्जी

Aug 6, 2023 - 23:45
Aug 7, 2023 - 07:53
 0  299
अनुचित लेनदेनका ठगहरुलाई  प्रकाउ पुर्जी

साउन २२ झापा,काव्य घर नेपाल / जिल्ला प्रशासन कार्यालयहरुमा अनुचित लेनदेन अर्थात मिटर ब्याज सम्बन्धि उजुरी दर्ता गर्नेहरुको संख्या २२ हजार नाघेको छ । मिटर ब्याज जाचबुझ आयोग गठन भएसगै जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याजी विरुद्ध मुद्वा दर्ता हुने ब्यवस्था गरिएको छ ।

बैशाख १७ गतेदेखि शुरु भएको आयोगको कामकाजमा जम्मा २२ हजार उजुरी परेको गृहमन्त्रालयले जनाएको छ । यसरी उजुरीहरु मदेश प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुमा धेरै परेका छन । जस मध्य धेरै उजुरी बारामा ४ हजार २२ पीडितहरुको उजुरी  परेका छन । त्यस्तै तराईका अन्य जिल्लाहरुमा पनि धेरै उजुरीहरु दर्ता हुन आएका छन । 

यसरी उजुरी आएकाहरु मध्य पीडितहरुको मुद्दामा संतोषजनक छैन । छानबिन ,छलफल तथा पीडितहरुको मुद्दालाई कानुनको दायरामा ल्याउने काम अत्यन्तै नियुन भएका छन । छिटोछरितो भने हुन सकेको छैन ।

झापामा पनि मिटर ब्याज पीडितहरु गाउगाउमा छ्यापछ्याप्ती छन ।स्थानीय स्तरमा यो आयोगको सूचना प्रभावकारी रुपमा पुग्न नसकेको कारण धेरैले सूचना नै पाएनन । सूचना पाएकाहरुले पनि धेरैले उजुरी दिन सकेनन ।

दमकका मिटर ब्याजी अर्थात अनुचित लेनदेनका पीडितहरुले भू -माफिया ठगहरु विरुद्ध आयोगको कार्यालय जिल्ला प्रशासन कार्यालय झापामा दिएको उजुरीका आधारमा आयोगले बारम्बार ताकेता गर्दापनि अटेर गरि फरार भएपछि मिटर ब्याजीहरुलाई  आयोगले पक्राउ पुर्जी जारि गरेको छ ।

कसरी गरे त अनुचित लेनदेन 

दमक २ का मिटर ब्याजी देउकुमार लिम्बु निङ्लेखु मुख्य मिटर ब्याजी ठग हुन । उनका सहयोगी अर्थात बिचौलिया कमल ६ झापाका आमोद शर्मा दहाल हुन । मुख्य यी दुइ ठगहरुले विभिन्न घटनामा बिभिन्न ब्यक्तिहरुलाई प्रयोग गरि ठगी गर्ने गरेका छन ।

शुरुमा गाउसमाजमा अलि कम्जोर रहेको मानिसको पहिचान गर्छन् ।त्यसमा पनि एकल ,पारिवारिक रुपमा कतै कोही  पनि जान्ने बुझ्ने ब्यक्तिहरु नभएको परिवार छानछन। आर्थिक समस्यामा परेको ब्यक्तिहरुको पहिचान गर्छन ।अनि उनिहरुसगको जायजेथा के के छ त्यो बुझ्छन् । त्यसपछि उनीहरु बिचौलिया मार्फत अगाडि बढ्छन । उसलाई आर्थिक समस्या परेको बेला केहि रकम दिने तर भएको चल अचल सम्पत्ति धितो बापत दिनुपर्ने सर्त राखछन ।

त्यसपछि शुरुमा धेरै रकम दिने भनिन्छ तर पछि केहि रकम दिएर टारिन्छ । त्यसपछि  बिचौलियाहरुलाई कमिसन दिनुपर्ने सर्त पनि राखिन्छ । त्यसपछि त्यै मोल गरिएको बाट कमिसन छुट्याउछन । उनीहरुले जग्गा धनीपुर्जा / लालपुर्जा माग्छन त्यसपछि  मालपोत कार्यालयमा सम्बन्धित जग्गावालालाई पुर्‍याउछन । त्यसपछि  मालपोतमा धनीपुर्जा हरायो  भनि प्रतिलिपी पाउ भनि निवेदन दिन लगाइन्छ र प्रतिलिपी निकालेर बिचौलिया मार्फत पुरानो धनिपुर्जा/ लालपुर्जा सम्बन्धित जग्गावालालाई नै फिर्ता गरिन्छ ।नयाँ लालपुर्जा आएपछि  जग्गा पासको लागि प्रक्रिया अगाडि बढाइन्छ । पाखे कागज पनि सावाँको ब्याज, ब्याजको पनि स्याज, स्याजको नि ब्याज जोडेर जग्गा फिर्ती नामाको कागज तयार गरिन्छ ।

त्यसपछि जग्गा पास गराइन्छ । शुरुआतमा धितो मुखले भन्दै मालपोत कार्यालयबाट जग्गा भने छिन्ती राजिनामा गराइन्छ ।जग्गा पास भएपछि रकम थोरै थोरै गरेर केहि रकम दिइन्छ ।अनि पटक पटक गरेर सर्तको आधा जति रकम दिइसकेपछि पीडितहरुलाई धम्क्याउने तर्साउने गर्न थालिन्छ। 

त्यसपछि ति ठगहरु कानुनी रुपमा बलियो हुनलाई कानुन व्यवासायीकोमा पुग्छन । कानुन व्यवसायिलाई मोटो रकम बुझाइन्छ र मुद्दामा ठगलाई जिताउने खेल खेलिन्छ ।बिचौलियाले जग्गा धनि/ पीडितहरुलाई अलमल गराउने फिर्तीनामाको समय गुजार्ने परिआए केहि रकम थपिदिए जस्तो गर्ने गर्छन ।

कानुन व्यसायीसम्म पुगेपछि पीडितहरुको मुद्दा नलाग्ने मुद्दा लागिहालेनी पार नलाग्ने के कसरी भनेर सबै आइडिया कानुन ब्यवसायीमार्फत लिइन्छ र ठगि धन्दाको जालो सबैतिर फैलाइन्छ

 पीडितहरुलाई सर्त अनुसारको दिइनुपर्ने रकम अब उता कानुन ब्यवसायीमा लगानी गरिन्छ । अदालतमा अनावश्यक झुट्टा मुद्दाहरु दर्ता गरिन्छ। पीडितहरुको अदालत सम्म पुग्ने हैसियत हुदैन ।कानुन ब्यवसायीको महङ्गो फिस बुझाउन सक्ने अवस्था हुदैन।त्यसपछि अदालतको फैसलालाई टेकेर ठगहरुले पीडितको सर्बोस्स लुटिन्छन र सडकमा पुर्‍याइन्छ ।

त्यसपछि अदालतले पीडितहरुको प्रमाणहरु परिस्थिति बुझ्न नपाई एकपक्षीय पीडितहरुका विरुद्ध फैसला गरिदिन्छ । त्यै फैसलाका आधारमा गाउघरमा ठगहरु डन भएर रवाफ जमाउछन ।प्रहरी मुकदर्शक बन्छ ।स्थानीय सरकार जता मल्खु त्यतै ढल्कु गर्छ ।

अनि पीडितहरु रोडमा आइपुग्छन ।गाउका मुखिया जान्नेबुझ्नेहरु कानुनी रुपमा अगाडि छ सामाजिक रुपमा तपाईंहरु अगाडि भएपनि पछाडि पर्नु भन्दै गाउघरका टाठाबाठाहरु भन्न थाल्छन् ।अब पीडितहरुलाई  कहाँ जाउ के गरौ हुन्छ ।उनीहरुको कुरा सुनिदिने पत्याइदिने यो समाजमा कोहि भेटिदैनन् । पीडितहरुको जायजेथा हडप्ने काम शुरु हुन्छ ।

घटना बिवरण

 कमल गाउपालिका वडा नम्बर ६ बस्ने गोपिलाल राजवंशीको  कि.न ५९९ को जग्गा दुइ कठ्ठा दस धुर जग्गा देउकुमार लिम्बुको नाममा दर्ता गरि लगेका छन । एक करोड बराबरको पाडाजुङ्गीको जग्गा लिम्बुले उनले दिएको पैसाको डवल मूल्य लेखि फिर्ती नामाको कागज गरिदिएर आफ्ना नाममा धनीपुर्जा निकालेका छन ।त्यस्तै गोपिलालको सोही स्थानको कि न २३४ को जग्गा एक कठ्ठा पाँच धुर जग्गा जम्मा पन्ध्र लाख मुल्य गरि नाइट बस देखाएर जम्मा बीस हजार रुपैया दिएर बाकी भोलि दिने भन्दै दमकका ब्यवसायी गजेन्द्र लावतीले आफ्नो नाममा पास गरि लगेका छन । यी गोपिलाल राजवंशी यतिबेला डिप्रेसनको शिकार भैसका छन ।

 कमल गाउपालिका वडा नम्बर ३ बस्ने उमा देवी पौडेल तिम्सिनाबाट दमक २ देवान चोकका देउकुमार लिम्बुले बुद्वशान्ती गाउपालिका बुधबारे बजारमा रहेकोे कि न ४२७८ र कि न ४२७९ को जम्मा एक कठ्ठा सात धुर जग्गा बीस लाख रुपैयामा धितो लिइ जम्मा सात लाख रुपैया दिएर बाकी रकम आनाकानी गर्दै बिचौलियाको भरमा रकम नै नदिइ ६ महिनाको फिर्तीनामाको समय गुजार्न अदालतमा झुटा मुद्दा लगाइ दुख दिइने काम गरेका लिम्बुले आजसम्म पटकपटक रकम फिर्ता बुझाउन जादा पनि नबुझी दुख दिने गरेका छन ।

त्यस्तै दमक वडा नम्बर सात बस्ने लालबहादुर मगरको सोही स्थानको कि न २९६३७ को ११ धुर जग्गा ३ लाख चालीस हजार रूपमा दिएर जम्मा ६८० हजारको फिर्तिनामा पाखे कागज गरि धितो भनी छिन्तीनामा पास गरि लगेका देउकुमार लिम्बुले अदालतमा झुट्टा मुद्वाहरु लगाइ अनावश्यक दुख दिइरहेका छन । साथै फिर्तिनामाको समय गुजार्न अनावश्यक झुट्टा मुद्दाहरु लगाएर पीडितलाई दुख दिइरहेका छन ।

त्यस्तै दमक नगरपालिका वडा नम्बर १ बस्ने गिता सुबेदीको कि न ७८०७ को ७ धुर जग्गा र त्यसमा बनेको एकतले घर  ७ लाख दिएर १३ लाखको फिर्तीनामा कागज गरि लिम्बुले लगेका छन यतिबेला यो जग्गा स्थानीय गुण्डाहरु प्रयोग गरि त्यसमा बनेको घरजग्गबाट सुवेदीबाट  खाली गराई अर्कोतिर बेचबिखन गरि गिताको परिवारलाई  सुकुम्बासी बनाएका छन यी नमुना पात्र मात्रै हुन । सुवेदीका पक्षमा बोलिदिने दमकमा कोहि भेटिएनन । सुवेदी बाहेककको जग्गाको भोगचलन भने  सम्बन्धित पीडितहरुले नै गरीरहेका छन र जग्गाको लालपुर्जाको प्रतिलिपीबाट पास गरिएको हुदा पुरानो लालपुर्जा संबंधित पीडितसँगै छ र  सक्कली लालपुर्जा मिटरब्याजी ठगहरुसग रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि