उदयपुरमा नौ सय चौध जनामा डेंगु संक्रमण

Oct 13, 2023 - 01:47
 0  9
उदयपुरमा नौ सय चौध जनामा डेंगु संक्रमण

असोज २६,उदयपुर, काव्य घर । गत साउन महिनादेखि आजसम्म उदयपुरमा ९ सय १४ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जम्मा ३ हजार ४ सय ८५ जनाको रगत परिक्षण गरिएकोमा ९ सय १४ जनामा डेंगुको संक्रमण देखिएको र मृत्यु कसैको पनि नभएको स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुइटेलले बताएका छन् ।
त्रियुगा नगरपालिकामा ५सय ६ जना, कटारी नगरपालिकामा ८४ जना, चौदण्डीगढी नगरपालिकामा १२६ जना, बेलका नगरपालिकामा १९६ जना र उदयपुरगढी र ताप्ली गाउँपालिकामा १ १ जनामा संक्रमण भएको तथ्यांक अधिकृत लुइटेलले बताए । 
उदयपुर जिल्ला अस्पतालमा भने २ हजार २ सय ५२ जनामा रगत परिक्षण गर्दा ५ सय ५७ जनामा डेंगु संक्रमण देखिएकोमा ३५ जनालाई अस्पतालमा भर्ना गरी उपचार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा.ज्ञानेन्द्र झाले बताए । 
डा. झाका अनुसार डेंगु रोग लागेका बिरामी मध्ये कडा रोग लागेकालाई थप उपचारकालागि तथा विशेषज्ञ सेवाकालागि बाहिर रेफर गरेको र जिल्ला अस्पतालमा उपचार गर्नेहरुकालागि विशेष निगरानी राखेर उपचार गराइएकोले समय मै निको भएको बताए ।
जिल्ला खस्पतालमा जममा ५० बेड क्षमता भए पनि ८५ जनासम्मलाई सेवा प्रदान गरेको जानकारी दिंदै अस्पतालमा जनशक्तिको अभाव, सेवा विस्तारमा भौतिक पूर्वाधारको अभावका वावजुद पनि सेवा प्रदान भैरहेको बताए ।
असोज २० गतेपछि डेंगुका बिरामी उपचारकालागि नआएको जानकारी दिंदै स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत लुइटेलले गर्मीको समय सकिएकोले अब डेंगु रोग हराउने बताए ।
उदयपुर जिल्ला अस्पतालमा २०८० साउनदेखि असोज २५ गतेसम्ममा स्क्रबटाइफसबाट पीडित २४११ जनाको परीक्षण गरेकोमा ९ सय ७० जनामा पोजिटिभ देखिएको अस्पतालको तथ्यांक शाखाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि