छालालाई कसिलो कसरी बनाउने ? – नारायण भट्टराई

Dec 5, 2023 - 05:57
 0  53
छालालाई कसिलो कसरी बनाउने ? – नारायण भट्टराई


आफ्नो अनुहार चम्किलो र सुन्दर भएको र अरुका सामुमा आफु आकर्षक भएको हेर्न कसलाई पो मन नहोला र । बजारमा पाइने अनेक थरिका श्रृङ्गारका सामग्री प्रयोग गर्दा पनि आफु भनेजस्तो सुन्दर र चम्किलो हुन नसक्दा कतिपयलाई मनमा खिन्नता भइरहेको हुन्छ । यस्तो समस्याबाट हामी आफ्नो नै घर वरिपरि भएका खाद्य एवं उपभोग्य जडिबुटीबाट नै छुटकारा पाउन सक्छौं । मात्र ती प्राप्त वस्तुलाई प्रयोग गर्ने तरिकाबारे जानकार हुनु जरुरी छ । याद गर्नुहोस् तीनै चिज प्रयोग गर्न जानिएन भने हामीलाई उल्टो असर पनि गर्न सक्छ । हो, यस्तै असर समस्याबाट मुक्त हुँदै हाम्रो छालालाई कसिलो पार्नका लागि यहाँ केही टिप्सहरु प्रस्तुत गरिएको छ । यसको प्रयोगको केही समयभित्रै तपाईको शरीरको कुनैपनि भागको छाला कसिलो र चम्किलो बन्न मद्धत पुग्नेछ ।
     दुई चियाचम्चा बेसनमा एउटा अण्डाको सेतो भाग तथा राम्रो पाकेको एउटा केरा मिसाउने । अनुहारमा लगाएर १५                           मिनेटपछि मनतातो पानीले पखाल्ने ।
    एउटा आरुको बियाँ निकालेर गुदीको पेस्ट बनाउने । त्यसमा अण्डाको सेतो भाग र ओलिभ आयल मिसाएर अनुहारमा                  लगाउने र २० मिनेटजति त्यसै छाड्ने । सुकेपछि मनतातो पानीले धुने ।
     एक चियाचम्चा ब्रान्डीमा दुई चियाचम्चा दूध अथवा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार र गर्दनमा लगाई                १५  मिनेटपछि चिसो पानीले पखाल्ने ।
     काँक्राको रसमा दुई चम्चा ओटमिल मिसाउने र यसको पेस्टलाई आँखा वरिपरि नपारी अनुहारमा लगाउने । १० मिनेटपछि          चिसो पानीले अनुहार धुने ।
     यदि तपाइँको सामान्य छाला छ भने यी माथिका तरिका प्रयोग गर्न सक्नुहुन्छ । यदि सामान्य किसिमको छाला नभई केही               तैलीय  वा चिल्लो प्रकारको छाला छ भने निम्न अनुसार नयाँ तरिका अवलम्बन गर्न सक्नुहुन्छ ।
     एक टुक्रा केरा, आधा चम्चा चन्दन पाउडर, मौसमको रस, एक चिम्टी बेसार एकै ठाउँमा मिसाउने । यसरी बनेको पेस्ट               अनुहारमा लगाएर १५ मिनेटपछि पखाल्ने ।
     अम्बकको रसमा थोरै बेसार मिसाएर बनाइएको पेस्ट अनुहारमा लगाउने र सुकेपछि मनतातो पानीले राम्ररी सफा गर्ने । 
     दुई चियाचम्चा बदामको पेस्ट बनाउने । त्यसमा एक चिम्टी बेसार, एक चियाचम्चा मेवाको पेस्टसमेत मिसाएर अनुहारमा                लगाउने १० मिनेटपछि मनतातो पानीले सफा गर्ने । 

    एन्टी रिंकल प्याक
     एक चियाचम्चा मिल्क पाउडर, दुई थोपा बदामको तेल, दुई चियाचम्चा ताजा गुलाबको पूmल पिसेर तयार पारिएको पेस्टमा             अलिकति मह मिसाउने । काँचो दूधमा कागतीको रस मिसाएर कपासको सहायताले अनुहार सफा गर्ने । त्यसपछि उक्त               प्याक अनुहारमा लगाएर २० मिनेटपछि मनतातो पानीले सफा गर्ने ।
     चार चियाचम्चा मजिस्ठा पाउडर, आधा चियाचम्चा मेवाको गुदी, आधा चियाचम्चा अश्वगन्धा पाउडर, केही थोपा बदामको               तेल, आवश्यकता अनुसार एलोबेरा जेल मिलाई पेस्ट बनाउने र अनुहारमा लगाउने ।
     एक चियाचम्चा महमा एक चियाचम्चा बेसन, दुई चिम्टी बेसार, छ थोपा जैतुनको तेल मिसाएर प्याक तयार गर्ने । यसलाई               नियमित रूपमा अनुहारमा लगाउने ।
     दुई टेबल स्पुन मायोनाइसमा आधा चियाचम्चा ग्लान्ड गरिएको काँक्रा तथा अण्डाको सेतो भाग मिसाएर अनुहारमा लगाउने र            १० मिनेटपछि चिसो पानीले पखाल्ने ।
     कागती, भेजिटेवल आयल तथा महको मिश्रण बनाइ अनुहारमा राम्ररी लगाउने ।
     स्याउलाई लेदो (पेस्ट) बनाई अनुहारमा लगाउने । सुकेपछि चिसो पानीले धुने ।
     आठ ग्राम बदामको तेलमा १२ ग्राम चन्दन पाउडर, चारवटा अण्डाको सेतो भाग, २५ मिलिलिटर गुलाब जल मिसाई                      अनुहारमा लगाउने ।
     एउटा नन मेटालिक प्यानमा अण्डाको सेतो भाग फिटेर हाल्ने । त्यसमा थोरै गुलाबजल मिसाई आधा मिनेटसम्म उमाल्ने                 त्यसमा बदामको तेल तथा चन्दन पाउडर राम्रोसँग मिसाएर बेतलमा भर्ने । यसलाई थोरैथोरै मात्रामा नियमित रूपमा                     अनुहार   लगाउने । सुकेपछि माथिबाट तल गर्दै निकाल्ने र सफा पानीले अनुहार धोई मोइस्चराइजर लगाउने ।

          पिम्पल प्याक
    एक चियाचम्चा मुल्तानी माटो, एक चिम्टी कपुर पाउडर, थोरै गुलाब जल, एक चियाचम्चा ओलिभ आयल मिसाउने । उक्त             मिश्रणलाई अनुहारमा लगाएर सुकिसकेपछि मनतातो पानीले पाखाल्ने ।
    आधा चियाचम्चा फिटकिरी पाउडरमा आधा चियाचम्चा कागतीको रस तथा एक चियाचम्चा पानी मिसाएर डन्डीफोरमा               लगाउने । सुकेपछि अनुहार धुने ।
     एक चियाचम्चा मुल्तानी माटोमा २ चियाचम्चा एस्ट्रिजेन्ट मिसाएर लगाउँदा डन्डीफोर बिस्तारै हराउँछ ।
     नियमित रूपमा राति सुत्नुअघि मनतातो पानीमा एक चियाचम्चा मह तथा एक चियाचम्चा त्रिफला चूर्ण मिसाएर पिउँने ।                 यसले  अनुहारमा चमक ल्याउँछ । दाग तथा धब्बा हटाउन
    आधा चियाचम्चा ग्लिसिरिनमा कागती, काँक्रा वा आलुको रस तथा थोरै मात्रामा गुलाबजल मिसाएर अनुहारमा लगाउने ।               नियमित रूपमा अनुहारमा यो प्याक लगाउँदा दाग–धब्बा क्रमशः हराउँदै जान्छ ।
     दुईवटा गोलभेंडालाई लेदो बनाई त्यसमा १२ थोपाजति कागतिको रस मिसाउने र अनुहारमा लगाउने ।
     कागतीको रसमा आलुको रस मिसाएर अनुहारमा लगाउने ।
     हलेदोमा कागतीको रस मिसाएर अनुहारमा लगाउने ।
     कागतीको बोक्रा पिस्ने, त्यसमा थोरै सख्खर मिसाएर छालाको कालो भएको भागमा लगाउनाले दाग हराएर जान्छ ।
     सुख्खा छालामा दाग–धब्बा छ भने काँचो दूधमा चन्दन मिसाएर लगाउनाले दाग–धब्बा हराएर जान्छ ।

डढेको छाला भएमा
     दुई चियाचम्चा दहीमा गोलभेंडाको रस तथा अनोटमिल मिसाउने । यो पेस्टलाई अनुहारमा लगाएर २० मिनेटजति रहन दिने ।        सुकेपछि चिसो पानीले पखाल्ने ।
     पिसेको सुन्तलाको बोक्रा दहीमा मिसाएर अनुहारमा लगाउने र २० मिनेटपछि चिसो पानीले पखाल्ने ।
     ताजा पुदिनाको पात पिस्ने । त्यसलाई अनुहारमा लगाएर सुकेपछि सफा चिसो पानीले धुने ।
     आधा चियाचम्चा सुन्तलाको रसमा आधा चियाचम्चा चन्दन पाउडर तथा अधा चियाचम्चा मेवाको गुदी मिसाएर अनुहारमा                    लगाउने ।
     एक चियाचम्चा बेसनमा आधा चियाचम्चा कागतीको रस र दुई चियाचम्चा काँचो दूध मिसाएर अनुहारमा लगाउने । यो उपाय          नियमित अवलम्बन गर्दा सनबर्न (छाला डढेको) हटेर जान्छ ।

आकस्मिक मेकअप
हतारमा पार्टी एटेन्ड गर्नु छ र आपूmसँग पर्याप्त मात्रामा सौन्दर्य प्रसाधन छैन भने तत्कालको समस्या टार्ने केही उपाय यसप्रकार छन् ।
     फाउन्डेसन सकिएको अवस्था छ भने लुज पाउडर वा कम्प्याक्ट प्रयोग गर्ने । त्यो पनि छैन भने कन्सिलरमा मोइस्चराइजर            मिसाएर फाउन्डेसजस्तै बनाउने ।
     कन्सिलर सकिएको छ भने फाउन्डेसको बिर्को वा मुखमा जमेको बाक्लो फाउन्डेसलाई कन्सिलरजस्तै गरी प्रयोगमा ल्याउन             सकिन्छ । यसलाई रिंग फिंगरको सहायताले हल्का रूपमा लगाउनु उत्तम हुन्छ ।
     मस्करा छैन भने पेट्रोलियम जेली प्रयोग गर्न सकिन्छ । हातका सहायताले आइल्यासेसमा हल्का पेट्रोलियम जेली लगाउँदा              पर्पेmक्ट लुक्स आउँछ ।
     आइलाइनरको साटो आइस्याडो प्रयोग गर्न सकिन्छ । आइलाइनर ब्रसलाई पानीमा भिजाएर डार्क कलरको आइस्याडोमा            चोब्ने र डीप गरेर आइलाइनर जसरी नै आँखामा लगाउने । 
     आइस्याडो सकिएको छ भने ब्रन्ज वा ब्राउन ब्लसलाई स्याडो बनाएर लगाउन सकिन्छ । यद्यपि यसलाई लगाउँदा निकै सचेत            हुनुपर्छ । धेरै मात्रामा नलिई थोरै ब्लसलाई हातमा लिई अप्लाई गर्नुपर्छ ।
     हेयर सिरम नभएको अवस्थामा हेन्ड, बडी लोसन वा फेस मोइस्चराइजरलाई सिरम जसरी नै केशमा लगाउन सकिन्छ ।             चिपचिप हुनबाट जोगिन हातमा मोइस्चराइजरको केही थोपा राखेर रब गर्दै हल्का रूपमा लगाउने ।
     आइलाइनर सुख्खा भएको छ भने त्यसको प्रयोग गर्नुअघि केहीबेर बल्बको नजिक राखिदिने ।
     अफिसबाट सिधै पार्टीमा जानु छ र ब्लस घरमैं बिर्सिएको भए लिपिस्टीकलाई हातमा हल्का लिने र ब्लसजस्तै गरी                        चिकबोनमा अप्लाई गर्ने ।
    आँखाको तल्लो भागमा डार्क सर्कल देखापरेको छ भने लाइट सेडको फाउन्डेसन लगाउने । यसले डार्क सर्कल छोपिदिन्छ ।
     स्मोकी लुक्सका लागि इयर कटन बडद्वारा गाजललाई आइडिलमा रब गर्ने  ओठमा लगाइने लिप पेन्सिलको माध्यमले गाजल          लगाइएको स्थानमा हल्का कोर्ने र कटन बडले स्पञ्ज गर्ने ।
     अनुहार थकित देखिएको छ भने क्रिमद्वारा हल्का मसाज गर्ने जसले छालमा इन्स्टेन्ट ग्लो ल्याउँछ ।
     अनुहार निन्याउरो देखिएको अवस्थामा एउटा मुलायम कपडालाई मनतातो पानीमा भिजाएर अनुहारमा राखी बिस्तारै दबाउने ।      यसले ब्लड सर्कुलेशन बढाएर छालालाई कसिलो बनाउँछ । त्यसपछि अनुहारमा चिसो पानी छम्कने ।
     थाकेको आँखाका लागि चिसो गुलाबजलमा कपास भिजाएर १० मिनेटसम्म आँखामाथि राख्ने ।
     मोइस्चराइजर नभएको अवस्थामा केश तथा छालालाई मोस्चर दिन कन्डिसनर लगाउन सकिन्छ । कन्डिसनर बडीमा                     लगाएर  नुहाउने ।
    केश चिपचिप भैरहेको छ तर केश नुहाउने फुर्सद छैन भने हेयर ब्रसमा परप्mयुम स्पे्र गरी केश ब्रश गर्ने । 
    केश सुख्खा भएर फुङ्ग उडिरहेको छ भने हात पानीले भिजाएर अलिकति मोइस्चराइजर हातमा लिने र टाउकोभरि हात             घुमाउने । त्यसपछि केशलाई फ्रेन्च ट्वीस्ट गर्ने । १० मिनेटपछि खोल्दा केश मुलायम देखिन्छ ।
     आइस्याडोमा धेरै पैसा खर्च गर्ने चाहना छैन भने कम्प्याक्ट किन्ने । यो तुलनात्मक रूपमा सक्तो हुन्छ । यसको सहायताले             विभिन्न सेड बनाउन सकिन्छ ।
     हतारका बेला आइस्याडो स्टिक उपयुक्त हुन्छ । लगाउन सजिलो र किन्दा सस्तो पनि पर्ने आइस्याडो स्टिकले सुन्दरता                 बढाउन मद्दत पु¥याउँछ ।
    यसरी सानो आर्थिक लगानी मैं घरमैं आपूm आपैmले श्रृङ्गार गरी सुन्दर एवं चम्किलो देखिन सकिन्छ । यसबाट एकातिर व्यस्त समयमा समयको पनि बचत हुन्छ भने अर्कातिर कम खर्चमा नै आप्mनो सौन्दर्य बढाउन सकिन्छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि