एकीकृत समाजवादीको सचिवालय बैठक जारी

Jul 17, 2023 - 15:33
 0  11
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

साउन, काठमाडौं, काव्य घर । नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक आज पनि बस्दै छ । किर्तिपुरस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा  शुक्रबारदेखि सुरु भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको छ ।
शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरु भएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।  
बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापन लगायत एजेन्डा अघि सारिएको छ । बैठक भोलि सम्म चल्ने बताईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि