कोशी प्रदेशका सभामुख बिबादास्पद बने

सभामुखको तटस्थता भंग भएको कानुन बिदहरु समेतले बिरोध जनाएका छन। ‘कुनै एउटा राजनीतिक दलको सदस्य भएका व्यक्तिले कसरी तटस्थ भएर प्रदेशसभाको बैठक सञ्चालन गर्न सक्छ ?,’आम नागरिकको प्रश्न छ। ‘

Jul 7, 2023 - 05:56
Jul 7, 2023 - 07:48
 0  47
कोशी प्रदेशका सभामुख बिबादास्पद बने

असार २२ मोरङ ,काव्य घर/ जम्मा ९३ सदस्यीय रहेको कोशी प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकिकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी बहुमत ४७ प्रदेश सांसदको समर्थन रहेको भन्दै थापाले आफ्नो नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गरेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्ले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । 

प्रदेश प्रमुख खापुङ्ले उनलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

 

नवनियुक्त मुख्यमन्त्री थापाले आज शुक्रबार सानो आकारको मन्त्रिमण्डल गठन गरेर शपथ ग्रहण गर्ने र त्यसपछि विश्वासको मतका लागि थप प्रदेश सांसदको समर्थन जुटाउने प्रयास जारी राख्ने बताए ।

 ‘विश्वासको मतका लागि राप्रपालाई सरकारमा सहभागी गराएर समर्थन जुटाउने प्रयास जारी रहन्छ,’ थापाले भने, ‘तर राप्रपाको समर्थन प्राप्त नभएको अवस्थामा सभामुखको निर्णायक मतले पनि विश्वासको मत प्राप्त गर्छौं ।’गठबन्धन दलहरुको भनाइ छ ।

सरकार गठनको दावी पेस गर्न सभामुख बाबुराम गौतमलाई माओवादी केन्द्रको सांसदमा गन्ती गरेर हस्ताक्षर भएपछि सभामुखको तटस्थता भंग भएको भन्दै कानुन बिदहरु समेतले बिरोध जनाएका छन। ‘कुनै एउटा राजनीतिक दलको सदस्य भएका व्यक्तिले कसरी तटस्थ भएर प्रदेशसभाको बैठक सञ्चालन गर्न सक्छ ?,’आम नागरिकको प्रश्न छ। यतिबेला सभामुख बाबुराम गौतम बिबादास्पद बनेका छन ।

 ‘सरकार गठनका लागि दावी पेस गर्न सभामुखलाई गन्ती गरिएको विषय अब सर्वोच्च अदालतबाटै टुंगिने स्थिति निर्माण भएको छ । कानुन बिदहरु भन्छन् ।

 एमाले संसदीय दलले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमको हस्ताक्षरसमेत बुझाएकाले विरोध जनाएको छ । हिजो नै प्रदेश प्रमुख खापुङ समक्ष ध्यानाकर्षण पत्र बुझाएको थियो  । "सभामुख गौतमको हस्ताक्षर संविधान र संसदीय मर्यादा विपरीत भएको छ " एमालेले भनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि