एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक

सुन्दर हमालको शब्दमा ‘सुन ठिटा हो’ सार्वजनिक काठमाण्डौं गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ

Dec 25, 2023 - 15:08
Dec 25, 2023 - 15:13
 0  5
एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक

पौष९ काठमाडौ ,काव्य घर /एलिना चौहान र बसन्त थापाको नयाँ गीत सार्वजनिक (भिडिओ)भएको छ। सुन्दर हमालको शब्दमा ‘सुन ठिटा हो’  गायिका एलिना चौहान र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको हो ।

 आइतवार सुन्दर हमाल युट्युब च्यानलमार्फत ’सुन ठिटा हो’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा सुनिल क्षेत्री र कविता नेपालको नृत्य छ । ठुली परि भिर गीतको लोकप्रियता सगैं चर्चामा आएका सर्जक सुन्दर हमालको शब्द तथा बसन्त थापाको संगीत रहेको गीतमा कृष्ण विक ले संगीत संयोजन गरेका हुन्।

 सुनिल भण्डारीको छायांकन गरेको गीतको भिडिओलाई अमृत चापागाईँले सम्पादन गरेका छन्। गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी र निर्देशन गरेका हुन् । गीतको भिडियोलाई टंक कार्की छिमेकीले लगानी गरेका हुन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि