रमेश विकल स्मृति दिवसका अवसरमा स्रष्टाहरु सम्मानित

रमेश विकल साहित्य प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजना गरेको पन्ध्रौं 'रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न गर्‍यो ।

Dec 23, 2023 - 20:52
Dec 26, 2023 - 11:28
 0  12
रमेश विकल स्मृति दिवसका अवसरमा स्रष्टाहरु सम्मानित

पौष ८ काठमाडौ ,काव्य घर / स्रष्टा रमेश विकलको स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा विभिन्न स्रष्टाहरू पुरस्कृत भएका छन् ।

रमेश विकल साहित्य प्रतिष्ठानले विकलको पुर्ख्यौली थलो आरुबारी, काठमाडौंमा आयोजना गरेको पन्ध्रौं 'रमेश विकल स्मृति दिवस तथा पुरस्कार समर्पण समारोह'मा पचास हजार राशिको रमेश विकल वाङ्मय पुरस्कार (२०८०) बाट प्रा.वासुदेव त्रिपाठी पुरस्कृत हुनुभयो । उक्त अवसरमा रमेश विकल बाल साहित्य पुरस्कार (२०८०) बाट बाल साहित्यकार रामबाबु सुवेदी, रमेश विकल सिर्जना पुरस्कार (२०८०) बाट स्रष्टा माधव काफ्ले र रमेश विकल कला सङ्गीत पुरस्कार (२०८०) बाट चलचित्रकर्मी सुवासप्रसाद गजुरेल पनि पुरस्कृत हुनुभएको थियो ।

 

यी पुरस्कारहरू दश हजार राशिका रहेका छन् । यसैगरी उक्त समारोहमा बीस हजार राशिको रमेश विकल सुशीला समाजसेवा पुरस्कार (२०८०) बाट नेपालको जेठो लोक कल्याणकारी सामाजिक संस्था 'परोपकार संस्था'लाई पुरस्कृत गरिएको थियो भने रमेश विकल सङ्घर्षशील नारी पुरस्कार (२०८०) बाट सत्यदेवी खड्का पुरस्कृत हुनुभएको थियो । यो पुरस्कार पनि नगद रु.दश हजार राशिको रहेको छ ।

प्रतिष्ठानका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष के.के कर्माचार्य, सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्मा लगायतले स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत गर्नुभएको थियो ।

सोही अवसरमा प्रतिष्ठानको वृद्धि विकासमा स्थापनाकाल देखि नै योगदान दिंदै आउनुभएका संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसे, पूर्व मन्त्री रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल पनि सम्मानित हुनुभएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि