करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले

ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं बचत रकम एक बर्ष यता देखि फिर्ता गर्न सकेको छैन ।

Apr 1, 2024 - 22:37
 0  6
करोडौं बचत फिर्ता गर्न नसकेको एमएसआर सहकारीका सेवा केन्द्र बन्द हुन थाले

चैत १९  काठमाण्डौ, काव्य घर /  ललितपुरको ढोलाहिटीमा प्रधान कार्यालय रहेको एमएसआर बहुउदेश्यिय सहकारी संस्थाले बचतकर्ताहरुको करोडौं बचत रकम एक बर्ष यता देखि फिर्ता गर्न सकेको छैन । दिनहुँ बचत फिर्ताको लागि हारगुहार गरिरहेका सदस्यहरु अहिले सो संस्थाले खोलेका सेवा केन्द्रहरुमा समेत कर्मचारीले काम छोडेर भागिरहँदा थप अप्ठेरामा परेका छन् ।

सहकारी ब्यवस्थापनले दैनिक जसो आश्वासनको पोको थमाएर बचत माग्न आउने सदस्यहरुलाई पठाउने गरेपनि कर्मचारी अभावमा सेवा केन्द्र नै बन्द हुन थालेपिछि समस्या झन् बढेर गएको छ ।

झण्डै ४ हजार बचतकर्ता सदस्य रहेको सहकारीको ललितपुर ढोलाहिटीमा केन्द्रिय कार्यालय रहेको छ भने ललितपुरकै सातदोबाटो, चापाउगाउँ, लुभु, संख्खु, गोटिखेलमा लगायत ठाउँहरुमा सेवा केन्दहरुमार्फत कारोबार गर्दै आएको छ । सहकारीमा समस्या सिर्जना भएको एक बर्ष यता तलब नपाएपछि सेवा केन्द्रका धेरैजसो कर्मचारीहरुले काम छाडेका छन् । जनताको झण्डै १० करोड बचत रहेको बुझिएको सो सहकारीको अध्यक्षमा स्वयम्भुराम जोशी छन् । विश्वस्थ स्रोतले बताए अनुसार अध्यक्ष स्वयम्भुराम जोशीको बदमाशीका कारण सहकारी संकटतर्फ उन्मुख भएको हो । सहकारी भएपनि लघुवित्त मोडलमा कार्य गर्दै आएको सो सहकारीका अध्यक्ष स्वयम्भुराम जोशीले गरेको आर्थिक अनियमितता र मनोमानीका कारण सहकारी ओरालो लागेको बताइन्छन् ।

कुनै समय समामुदायिक लघुवित्तको सिइओ रहेका जोशी त्यहाँपनि आर्थिक अनियमिततामा मुछिएपछि राष्ट बैंकको कार्वाहीमा परेर २९ दिन जेलको हावा खाएका थिए । सोही संस्थामा रहँदाको आर्थिक अनियमितताको कारण बैंकिग कसुरको मुद्धा उनीमाथी यधपी कायम रहेको स्रोतले बतायो । उनी भने धरौटीमा छुटेका हुन् । उनको सो मुद्धा अदालतबाट धेरैबर्षसम्म पनि फर्छोट भएको छैन । तिनै जोशीले लघुवित्तमा रहँदा जाने सिकेको ज्ञानको आडमा एमएसआर बहुउदेश्यिय सहकारीलाई लघुवित्त मोडलमा ढालेर ललितपुर जिल्लामा गतिविधि अघि बढाएका थिए ।

अहिले उनी माथी सो सहकारीमा अध्यक्षको हैसियतबाट करोडौको अनियमिता गरेर विभिन्न तौरतरिकाबाट ढाकछोप गर्न लागेको आरोप छन् । त्यस्तो रकम अध्यक्ष जोशी र उनका श्रीमती अध्यक्ष भएको संस्थाहरुमा लेनादेना देखाएर रकम मिलाएको बताइन्छ । जोशीले ब्यवस्थापकलाई समेत प्रभावमा पारेर आर्थिक चलखेल गरेको बुझिएको छ । दुइ बर्ष अघिसम्म श्रीमान श्रीमती भएर चलाएको सो संस्था समस्या आउन थालेपछि श्रीमतीलाई अलग गरी सञ्चालन गरिएको समेत बताइन्छ । यता बचतकर्ता महिलाहरुले अब संगठीत भएर सहकारी विभागमा उजुरी दिने बताएका छन् ।

 

बचत फिर्ता माग्न जाँदा ब्यवस्थापनका कर्मचारीहरु समेत नभेटिने र अध्यक्षसँग कुरा गर्न खोज्दा म होइन् अरुसँगै कुरा गर्नु, म त्यहाँ छैन भनेर पनि भन्ने गरेको बचतकर्ताहरु बताउँछन् । सहकारीले साधारणसभा समयमा गरेर सहकारी विभागमा पेश गर्नुपर्ने प्रतिवेदन सहितको हिसाव किताव हालसम्म बुझाएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि