साल्ट ट्रेडिङमा रासायनिक मलको दुरुपयोग

धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताउनु भयो

Jul 11, 2023 - 11:11
 0  9
साल्ट ट्रेडिङमा रासायनिक मलको दुरुपयोग
असार २६, काठमाडौं काव्यघर । साल्ट ट्रेडिङमा रासायनिक मलको दुरुपयोग, युवासंघ नेपालको सहयोगमा जफत गरियो ३० बोरा मल ।  बनेपास्थित साल्ट ट्रेडिङले बितरण गर्ने रासायनिक मलमा दुरुपयोग भएको भेटिएको छ । सोमबार विशेष निगरानी मार्फत रासायनिक मलको दुरुपयोग भएको पुष्टि भएको हो । जिल्लामा मल वितरणमा कालोबजारी बढेको र किसानले रासायनिक मल नपाएको गुनासो बढेपछि युवा संघ नेपाल काभ्रेले विशेष निगरानी मार्फत मलको दुरुपयोग पत्ता लगाउन जुटेको थियो । त्यहीँ शिलशिलामा साल्ट ट्रेडिङ बनेपाबाट धुलिखेल नगरपालिका वडा नम्बर ७ मा रहेको सरस्वती कृषि सहकारीलाई दिइएको ३० बोरा डिएपी मलमा दुरुपयोग भएको पाइएको युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताउनु भयो  । सरस्वती कृषि सहकारीका अध्यक्ष जेके श्रेष्ठले धुलिखेलका किसानका लागि भनेर साल्ट ट्रेडिङबाट ३० बोरा रासायनिक मल लगेको तर  उक्त मल धुलिखेल नभएर पाँचखाल लैजाँदै गर्दा बाटोमै जफत गरिएको छ ।
अध्यक्ष श्रेष्ठले प्रति बोरा ३ हजार पाउने गरी पाँचखाल बेच्न पठाएको खुलेको युवा संघका सचिव शाहले बताउनु भयो  ।  एक गाडी मार्फत लगिएको उक्त मललाई बाटोमै युवा संघले नियन्त्रणमा लिएको थियो । कमिसन खाएर मल दिइएको सूचना पाएपछि युवा संघ विशेष निगरानीमा लागेको र मल लगेको प्रमाण माग्दा दुरुपयोग भेटिएको उहाँले बताउनु भयो  । पाँचखालमा प्रति बोरा ३ हजारमा पठाएर सहकारीले ६ सय ३० कमिसन खाएको भेटिएको छ । पाँचखालबाट व्यापारीले ३ हजार ५ सय सम्ममा किसानलाई मल बेच्ने गरेको जनाइएको छ । साल्ट ट्रेडिङले सरस्वती सहकारीलाई छुट्टाएको कोटा ३ सय १० हो । तर यो सहकारीलाई साल्टले १ हजार ३ सय ७ बोरा मल दिएको पाइएको छ ।
  चालु आवमा साल्ट ट्रेडिङले बितरण गर्ने मलको रिपोर्ट माग्दा उक्त प्रमाण भेटिएको छ ।  साल्टले कोटा भन्दा कयौं गुणा बढी मल सहकारीलाई किन दिएको यस विषयमा थप अनुसन्धान हुने जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले बताउनु भयो  । यस विषयमा साल्टको कार्यालय बनेपा पुगेका जिसस प्रमुख गौतमले आफूले यस बिषयलाई मसिनो गरी अनुसन्धान गर्ने र दोषी माथि कारबाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभयो ।
यता रासायनिक मलको दुरुपयोग भएको विषयलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा जानकारी दिइएको छ । मन्त्रालयले आवश्यक अनुसन्धान गर्ने जनाएको छ । अनुदानको मल वितरणको जिम्मेवारी पाएको साल्ट ट्रेडिङबाट किन यस्तो भएको हो यसको छानबिन हुने मन्त्रालयले जनाएको छ । पछिल्लो समय रासायनिक मलको दुरुपयोग हुन थालेको सूचना पाएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले मातहतका निकायलाई नियमनको लागि निर्देशन समेत दिनुभएको छ  । रासायनिक मलको अभाव नभएको बेलामा किसानले मल नपाउने स्थिति आउनु दुःखद भएको भन्दै मल बितरण प्रणालीमा मन्त्री भुसालले चासो राख्दै आउनु भएको छ ।  यहीँ बेला काभ्रेमा अनियमितता भेटिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि