गुञ्जनले मनायो रजतजयन्ती -स्रष्टा सम्मान गरि

Jul 21, 2023 - 20:51
Jul 22, 2023 - 09:14
 0  18
गुञ्जनले मनायो रजतजयन्ती -स्रष्टा सम्मान गरि

साउन ५,काठमाडौ, काव्य घर । गुञ्जन नारी साहित्यिक संस्थाले रजतजयन्तीको अवसरमा सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम काठमाडौंको हार्दिक होटेलमा सम्पन्न गरेको छ । 
प्रमुख अतिथि नाटककार तथा अनुवादक समालोचक प्रा.डा अभि सुवेदीले  कार्यक्रमको उद्रघाटन गर्नु भयो । प्रमुख अतिथि प्रा.डा अभि सुवेदी र विशेष अतिथि रमा शर्माले  गुञ्जनको रजत महोत्सवका अवसरमा संयुक्तरुपमा सम्मान तथा पुरस्कार प्रदान गर्नु भयो ।“गुन्जन प्रतिभा पुरस्कार” चर्चित कवि एवम्  नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्की “गुन्जन त्रिवेणी आख्यान पुरस्कार” वरिष्ठ कथाकार एवम् कवि र गुञ्जनकै संस्थापक पूर्व उपाध्यक्ष भुवन ढुंगाना, “गुन्जन मातृभाषा सम्मान” राधिका लिम्बू,“गुन्जन साहित्य पुरस्कार” वरिष्ठ कवि एवम् साहित्यिक पत्रकार संघका पूर्व सभापति, एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठ,“गुन्जन जेष्ठ नागरिक सम्मान” कथाकार रेवती राजभण्डारी र “गुन्जन रजत जयन्ती सम्मान” कवि लक्ष्मी राजभण्डारीलाई समर्पण गरिएको थियो ।

त्यस्तै पाल्पा साहित्य समाजका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार राजेन्द्रगोपाल सिंह तथा पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर रेग्मी ‘अथक’लाई गुञ्जन विशेष सम्मान प्रदान गरियो। सम्पूर्णलाई दोसल्ला,ताम्रपत्र र नगद सहित भव्य सम्मान गरिएको थियो । 
पुरस्कृत र सम्मानित सबैका बारेमा समालोचक डा.रजनी ढकालले एकदमै सटीक रुपमा परिचय गर्नुभएको थियो । गुन्जन त्रिवेणी आख्यान पुरस्कारका बारेमा साहित्यकार भागिरथी श्रेष्ठले बोल्नु भएको थियो । 
संस्थाकी अध्यक्ष जलेस्वरी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गुञ्जनका संस्थापक सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । साथै गुञ्जनका नयाँ  आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साहित्यकार सन्ध्या पहाडीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि