‘अन्तरमनको झङ्कार’ विमोचन 

Jun 29, 2023 - 19:54
Jun 30, 2023 - 13:28
 0  27
‘अन्तरमनको झङ्कार’ विमोचन 


असार १४, काठमाण्डौ काव्य घर नेपाल  – भैरव ढकालको कविता कृति‘‘अन्तरमनको झङ्कार’ को विमोचन सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन योग प्रशिक्षक लेखनाथ पन्तले स्वस्ति बाचन गरेर गर्नुभएको थियो । 
सिसार साहित्य प्रतिष्ठान काठमाडौंले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि  प्रा.डा. खेम कोइराला बन्धु र  अतिथिहरु क्रमशः राधेश्याम लेकली, हिरण्य कुमारी पाठक, विजयध्वज थापा, गणेश पोखरेल, यशोदा भट्टराई, भरत सुवेदी,डा.रमेश कुमार भट्टराई, राजन न्यौपाने, प्रा.डा.नरेन्द्र ढकाल, ठाकुर शर्मा, रेणुका भट्टराई र कृतिकार भैरव ढकाल र कृतिका सम्पादक कृष्ण बाउसे हुनुहुन्थ्यो ।  प्रमुख अतिथि लगायत अतिथिले संयुक्त रुपमा कृतिको विमोचन गर्न भएको थियो । 

कृति विमोचन पछि मन्तव्यमा प्रमुख अतिथिप्रा.डा. खेम कोइराला बन्धुले- धेरै अगाडि आफू सम्पादक रहेको ‘नौलो नेपाली’ मासिक पत्रिकामा रचना प्रकाशित गर्नुभएका कवि ढकालले धेरैपछि मात्र कविताकृति ल्याउँनु भएको भन्दै उहाँले गर्नेभन्दा गराउँने ठूलो हुने भन्दै कृतिका सम्पादक कृष्ण बाउसेको प्रशंसा गर्नुभयो ।  साहित्यक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले कवि ढकालले  ५० वर्ष लगाएर कृति तयार गरेको बताउनुभयो । उहाँले कृति छाप्ने कुरा ठूलो नभएको भन्दै राम्रो सम्पादकलाई सम्पादन गराएर कृति लिएर आउँदा विश्व बजारमा लान पनि सजिलो हुने बताउनुभयो । 
शिक्षासेवी यशोदा भट्टराईले अमेरिकामा रहने कविले उतै कृति विमोचन  नगरेर यता आएर गर्नुमा स्वदेश प्रेम देखिएको टिप्पणी गर्नुभयो ।


सिसार साहित्यिक प्रतिष्ठानका अध्यक्ष  ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम कवि राधिका पन्तको कुसल सञ्चालन रहेको थियो ।  लेखकलाई शुभकामना दिदै स्रष्टाहरुले कवि भैरवको कविता बाचन गर्नु भएको थियो । कविता बाचन गर्ने कविहरुः हिरण्य कुमारी पाठक, कृष्ण बाउसे, राधिका पन्त, विजयध्वज थापा,राजन न्यौपाने, ठाकुर शर्मा, रेणुका भट्टराई, जनार्दन अधिकारी, डा.रमेश कुमार भट्टराई,कमला महत, हेमा अधिकारी ,पारु कोइराला,दृशी अधिकारीआदिले उत्साहका साथ कविता बाचन गर्नुभएको  थियो । कवि तथा सङ्गीतकार एन् बी जनकपुरीले विमोचित कृतिको एउटा कवितालाई सुमधुर स्वरमा गुनगुनाएर सुनाउनु भएको थियो । कार्यक्रममा सभापतित्वको  मन्तव्यमा ज्ञाननिष्ठ ज्ञवालीले  कवि भैरव ढकालका प्रकाशित कृतिमा केही उत्कृष्ट र केही परिमार्जन गर्नुपर्ने कविता रहेको बताउनुभयो । काठमाडौंको पद्यम कन्या क्याम्पसको डेनिस हलमा भएको कार्यक्रममा विशिष्ठ व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि