कविता – भ्यालेन्टाइन्डे -भाइको सुझाव दिदीलाई –प्रतिमा पोख्रेल (नयाँ सृष्टि )

Feb 14, 2024 - 08:03
 0  45
कविता – भ्यालेन्टाइन्डे -भाइको सुझाव दिदीलाई –प्रतिमा पोख्रेल (नयाँ सृष्टि )

दिदी सुन्दैछु आज प्रेमदिवस अरे !
अनि सुन्दैछु 
यो त अर्कै देशबाट सापटी लिएको रे !

प्रेम ब्रह्माण्डमा भएका 
बस्तुलाई हृदयको मझेरीमा राखेर
दयामायाको महासागर भित्र अपनत्वको
भावना देखाई सुन्दर, सुरक्षित र
अमूर्तको पिरामिडमाथि उभ्याइरहनु हो ।

युवायुवतीको जवानीका चक्करमा
प्रेमका रापहरू अत्यधिक रापिला र
रोक्नै नसकिने सुनामीझैँ  कुनै 
पर्वाह नगरी देखा पर्छन्  अरे 
भन्ने सुनेको थिएँ दिदी !
मलाई त था छैन प्रेम
कुन चरीको नाम हो ?

तर  दिदी ! तपाईं त 
जवानीको बगैंचाभित्र फुलेको
सबैभन्दा उत्कृष्ट र सुन्दर फूलझैँ 
आकर्षक राम्री र रहर लाग्दो देखिनुहुन्छ । 

दिदी ! तपाईंको कलकलाउँदो 
जवानीको सिकार खेल्न र 
फूलदानीमा भरिएको रससरि 
कसिलो र रसिलो शरीरको रस चुस्न
बैंसले मात्तिएकाहरू
यौन तृष्णाले आत्तिएकाहरू
कलुसित नजरमाथि
सेतो चस्मा लगाएर भन्भनाउँने
मानवरूपी भमराहरू
प्रेमदिवसको मौका छोपी
दिदी तपाईंलाई 
प्रेमप्रस्तावका अनगिन्ती चाङहरू
आउन सक्छन् ,
होसियार दिदी......!

पठाका हुन सक्छन्  प्रेमप्रस्ताव 
कसैले फूलको पत्रभित्र 
कसैले नयाँ वस्त्रभित्र 
कसैले बोलीका खोटभित्र 
कसैले पैसाको नोटभित्र 
कसैले रित्तो बन्दी पार्सलभित्र 
कसैले चिठीका खामभित्र ,
कसैले मिठो भोजनभित्र 

दिदी ती प्रलोभनका प्रस्तावमा फँसेर 
आफ्नो अस्मितालाई बजारमा लगेर
नबेच्नु होला !
बरु 
उठाउनोस् अरू दिदीबहिनीहरूलाई
अनि
बचाउँनोस् सयौं निर्मला र भागिरथीहरूलाई 

दिदी तपाईंको प्रेमप्रस्तावले पनि 
जेलको चिसो खोरभित्र 
बस्नुनपरोस् कुनै पुरुषले
नबनोस् कसैको घरबार विचलित, 
हो दिदी तपाईंका कारणले 
होनहार नेपाली दाजुभाइ 
कतै बिलासिनु नपरोस् , 

दिदी प्रेम तेस्तो होस् ! 
जहाँ सर्त र स्वार्थ नहोस् !
होस् आत्मीयताबाट  जन्मिएको ममता 
र दयालु भावनामा मुछिएको
पूजाको पञ्चामृत ।
जहाँ बृद्ध, युवा, बालक 
सबैमा सिञ्चित हुन सकोस् ।
हो दिदी !  
प्रेम छ महिनाको बालकले 
खेलाउने गुडिया नबनोस् ।

अरुण –५  भोजपुर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि