गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च द्वारा पुरस्कार वितरण

Jul 29, 2023 - 14:32
Jul 30, 2023 - 12:50
 0  9
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च द्वारा पुरस्कार वितरण

साउन १३,तनहुँ,काव्य घर ।  गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहूँको समन्वयमा भानु जयन्तीको अवसरमा असार ३० गते आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भर्चुअल कार्यक्रम मार्फत सहभागी स्वाधीनता पौडेल र बिमल शर्मालाई प्रोत्साहन स्वरुप नगद अमेरिकी डलर २५ संस्थाका अध्यक्ष आकाश अधिकारी र प्रमुख अतिथि जिल्ला समन्वय समिति,तनहुँका अध्यक्ष शान्ति रमण वाग्लेले पुरस्कार वितरण  गरेका थिए ।  सोही अवसरमा मदन पौडेल, दिव्या पौडेल काफ्ले, कृषा नानु, गणेश घिमिरे र वेद वहादुर थापा लाई साधारण सदस्य प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि शान्ति रमण वाग्लेले साहित्यिक गतिविधिहरू सञ्चालनमा यस संस्थाले उल्लेख्य भूमिका निभाएको र जिल्ला भित्रका साहित्यिक संस्थाको सहजताको लागि निर्माण सम्पन्नको क्रममा रहेको जिल्ला सभागृह,तनहूँमा नियमित कार्यक्रम गर्न साहित्यिक कक्ष बनाउन पहल गर्ने धारणा राख्दै साहित्यिक क्षेत्रमा बालबालिकाको उपस्थितिले तनहुँ जिल्लाको पहिचानमा थप सेवा पुग्ने धारणा राखेका थिए। संस्थाका अध्यक्ष आकाश अधिकारीले २१० औं भानु जयन्तीको अवसरमा असार २९ गते पराशर आश्रमका वटुक द्वारा अभिनय गरिएको नाटक "बाल व्यास" मानुङकोटमा भएको एक कार्यक्रममा मञ्चन गरिएको कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा साहित्य कला र नाट्य क्षेत्रमा विविध कार्यक्रमहरु गर्ने जानकारी गराएका थिए। कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष दिवाकर भट्टराई, उपाध्यक्ष शान्ता वास्तोला, सचिव माधवप्रसाद अधिकारी,कल्पना घिमिरे, हरिश्चन्द्र वाग्ले, बन्धुराज अधिकारी,सत्य प्रसाद खनाल, रोहित वाग्ले,दीपक राई लगायत पदाधिकारी, साहित्यिक, सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माधव प्रसाद अधिकारीले गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि