गीतल प्रतिष्ठानद्वारा स्रष्टा पुरस्कृतको घोषणा

Nov 7, 2023 - 09:04
 0  28
गीतल प्रतिष्ठानद्वारा स्रष्टा पुरस्कृतको घोषणा


२०८० कार्तिक २१,तनहुँ काव्य घर ।  गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चू तनहुँ, गण्डकी प्रदेश नेपालले हरेक बर्ष संस्थाको स्थापना दिवसको सन्दर्भ पारेर घोषणा गर्दै आइरहेको पुरस्कार प्राप्त गर्ने स्रष्टाको नाम घोषणा गरेको छ।

संस्थाको नियमित बैठकमा यस बर्ष २०८० मा प्रदान गरीने पुरस्कार र पुरष्कृत स्रष्टाको नाम पुरस्कार छनौट समितिले संस्थालाई उपलब्ध गराएको हो। 
जसअन्तर्गत क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार -२०८० डा .नवराज लम्साललाई छनौट समितिको सिफारिसमा प्रदान गर्ने निर्णय गरेको छ। सो पुरस्कारको राशि पच्चिस हजार रहेको छ। त्यसैगरी गीतल राष्ट्रिय पुरस्कार-२०८०, तिला लेकाली( मोरङलाई प्रदान गर्ने निर्णय गरेको छ। जुन पुरस्कारको राशि दश हजारको रहेको छ। त्यस्तै गीतल प्रतिभा पुरस्कार( २०८० सोभा सिंह ठकुरी, तनहुँलाई प्रदान गर्ने निर्णय गरेको छ। यो पुरस्कारको राशि पाँच हजार रहेको छ।
बैठकमा संस्थाका अध्यक्ष आकाश अधिकारीले पुरस्कृत स्रष्टाहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

मोफसल बाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले चालिसको दशक देखि तनहूँ जिल्लामा बिभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा साहित्य, कला, संगीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि