लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रमोद प्रधानलाई सम्मान गर्ने 

Oct 9, 2023 - 03:25
 0  68
लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रमोद प्रधानलाई सम्मान गर्ने 

असोज २२, काठमाडौं, काव्य घर । लीलाध्वज थापा साहित्य प्रतिष्ठानक़ो मिति २०८० असोज २१ को बैठकको निर्णयानुसार मिति २०८० असोज २७ गते  ११ बजे त्रैमासिक रचना वाचन तथा सम्मान  कार्यक्रमको आयोजना गरी साहित्यकार श्री प्रमोद प्रधानलाई उहाँले नेपाली साहित्यमा पुराउनु भएको योगदानको प्रसंसा गर्दै लीलाध्वज थापा स्रष्टा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । संस्थाका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । पुरस्कारको राशी रू १०,०००, (रु दश हजार ) र कदरपत्र सहित सम्मान गरिने जानकारी रहेको काव्य घरलाई भएको छ  ।  कार्यक्रममा उत्कृष्ट रचना वाचन गर्ने स्रष्टालाई कदरपत्र प्रदान गरी सम्मान गर्ने निणय गरेको जनाईएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि