नराेइदेउन सानी बैनी"~~ शर्मा ललिता ~~ काठमाडौं
बाल कविता
नराेइ देउन सानी बैनी मलाइ पर्छ पीर
आमा बाबा जानु भा छ मेलापात तीर।
माया दिन्छु मैले पनि आमाले झैं संधै
भाेक लागे खान दिन्छु बुबुमाम धेरै ।
तिमीहाँस्दा खुसिलाग्छ नाचुँनाचुँ लाग्छ
तिमी रुँदा दु:ख लाग्छ रुन मन लाग्छ।
तिमी ठुली भई देउन म सानी हुन्छु
बाबाआमा काममा जाँदा नुनु गरिदिन्छु।
What's Your Reaction?