नाई पेशाबाट देशको अरोबौ पैसा भारत 

Jun 26, 2023 - 15:59
Oct 18, 2023 - 13:00
 0  23
 नाई पेशाबाट देशको अरोबौ पैसा भारत 


असार ११, भक्तपुर, काव्य घर नेपाल । नेपालमा भारतीय नागरिकले ८० प्रतिशत सञ्चालन गरेको नाई पेशा पछिल्लो समय नेपालीले पनि अपनाउँदै आएका छन् । देशको अरोबौ पैसा भारत गईरहेको छ । जसले नेपाल सरकारलाई एक रुपैंया कर पनि तिर्दैन । तर नेपालीहरुले प्यानमा दर्ता गरी कर तिरिरहेका छन् । यो संख्या अत्यन्तै न्यून रहेको छ । भक्तपुर सूर्यविनायक नगरपालिका – ८ जगातीमा २०५३ साल देखि कपाल काट्ने पेशा नाईको पसल चलाएर निरन्तर कार्य गरिरहेको छ ।

विरेन्द्र सैलुन सेन्टरका विभिन्न शाखा भक्तपुरका विभिन्न ठाउँमा विस्तार गरिरहेको प्रोपाइटर विरेन्द्र ठाकुरले बताए । सर्लाहीबाट आएका उनले कपाल काट्ने पेशाबाट ५०० भन्दा वढीलाई रोजगार दिएका छन् । कम लगानी फाइदा प्रसस्तै हुने बताउने यस पेशाबाट महिनाको खर्च कटाएर १ लाख देखि २ लाख सम्म आम्दानी हुने गरेको बताए । नाई संघ भक्तपुरका सदस्य समेत रहेका ठाकुरले आफ्नो व्यवसाय अरु जिल्लामा पनि बिस्तार गर्ने बताए । भारतीय नागरिकले यस पेशाबाट अकुत धन कमाएका छन् । तसर्थ हामी नेपाली विरेन्द्र ठाकुरले जस्तै आफैले गर्ने हो भने रोजगारका लागि युवा विदेशीनृ पर्ने थिएन । नेपाली युवालाई तालिम दिएर रोजगारको अवसर प्रदान गर्न सकिन्छ ।  नाईसंघले यस विषयमा सोच राखोस् अनि राज्यले यसरी करछलि गरी संचालनमा ल्याएका व्यवसायलाई कार्यवाही गरोस् । यस विषयमा सम्वन्धीत निकायको ध्यान जाओस् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि