नेपाल प्रज्ञा–प्रतिष्ठानद्धारा सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल गठन 

Jan 25, 2024 - 18:04
 0  23
नेपाल प्रज्ञा–प्रतिष्ठानद्धारा सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल गठन 


माघ ११,काठमाडौं, काव्य घर । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल गठन भएको थियो । 

कार्यदलका सदस्यहरूमा पूर्व व्यवस्थापिका संसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा.अमर गिरी ,पूर्व सचिव डा. मानबहादुर विश्वकर्मा,संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ,संस्कृतिविद्हरू प्रा. डा. प्रेम खत्री,प्रा. डा.वीणा पौड्याल डा. डिल्ली वली,डा.टेक गुरुङ, देवशरण यादव, भोगिराज चाम्लिङ, नविन सुब्बा र शिवराज रेग्मी सदस्य रहेको समितिले ‘सङ्घीय संस्कृति नीति’ –२०८० तर्जुमा गरेको थियोे ।

सङ्घीय संस्कृति तर्जुमा कार्यदलका संयोजक तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भू

पाल राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रतिष्ठानका प्रमुख संरक्षक तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी २०८० माघ १० गते उक्त मस्यौदा हस्तान्तरण गरेको थियो ।
 समितिले प्रज्ञा–प्रतिष्ठानका संरक्षक माननीय संस्कृति ,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटी प्रतिवेदनको मस्यौदाको अन्तिम प्रारूप २०८० माघ ९ गते हस्तान्तरण गरेको थियोे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि