नश्लवादी शासकहरुले देश बन्न नदिएको नेता महतोको आरोप

Jan 25, 2024 - 18:39
 0  8
नश्लवादी शासकहरुले देश बन्न नदिएको नेता महतोको आरोप


माघ ११,काठमाडौं, काव्य घर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले छिमेकी मुलुक भारत आफूलाई विश्वको तेस्रो सम्पन्न राष्ट्रको रुपमा उभ्याउने लक्ष्यका साथ अगाडि बढिरहेको बताएका छन् । आज (बिहीबार) भारतको ७५औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित ‘नेपाल–भारत सम्बन्ध’विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनगर्दै उनले छिमेकी मुलुक भारतले द्नियाँमा समृद्ध र सम्पन्न राष्ट्रको रुपमा आफूलाई  स्थापित गराउँदै गर्दा नेपालका नेताहरुले भने नेपाललाई दुनियाँको सबैभन्दा विपन्न १० वटा राष्ट्रको रुपमा पुर्याएको बताए । 
‘भारत दुनियाँको समृद्ध राष्ट्रको दर्जा पाँचौबाट तेस्रोमा पुग्ने लक्ष्यलिएर अगाडि बढेको छ । उसको अर्थ व्यवस्था, आर्थिक अवस्था दुनियाँको पाँचौं अवस्थामा छ ।’ उनले भने, ‘भारत हाम्रो छिमेकीले द्ुनियाँका समृद्ध र सम्पन्न राष्ट्रको रुपमाआफूलाई स्थापितगर्यो । हामीकहाँगयौं त ? हामीले के स्थापितगर्यौं त ? हामी नेपालीबहादुरहरु, हामीले के–के बहादुरी गर्यौं त ?दुनियाँको सबैभन्दा विपन्न १० वटा राष्ट्रको दर्जामा हामी बहादुरहरुले नेपाललाई पुर्यायौं । यही हाम्रो बहादुरी हो ।’ 
नेपाललाई प्रकृतिले बरदान दिएको भएपनि त्यसको सही सदुपयोग गर्न नसकिएको उनले बताए । उनले नेपालमा जलस्रोत र पर्यटनको ठूलो सम्भावना भएपनि त्यसलाई उपयोग गर्न नसकिएको कारण देशको समृद्धि र विकास हुन नसकेको बताए । उनले पर्यटनको मामलामा नेपाल स्वीजरल्याण्ड भन्दापनि राम्रो रहे पनि विकास हुन नसकेको बताए । उनले ठूला दलका नेताहरुले नेपाली जनतालाई कंगाल बनाएर राजनीति गरिरहेको टिप्पणी गरे । नेतामहतोले भने, ‘हामीकसमआएका छौं कहिल्यै पनि नसुध्रिने ? नेपाली जनतालाई कंगालबनाएर राजनीतिगरिरहने ?किन नेपाल अगाडि बढ्न नसकेन ? प्रकृतिले त बरदानदिएको हो त ? ब्राजिलपछि दोस्रो स्थानमा आउँदो रहेछ नेपाल  । जलस्रोतलाई प्रयोग गरेको भए नेपाली जनता दुनियाँको सम्पन्न राष्ट्रको नागरिक हुने थियो ।’ 
देशको राजनीति भ्रष्ट भएको र देशलाई समृद्धि र विकासको बाटोमालाननसकिएको उनले बताए । देश विकास नभइरहँदा र भ्रष्टाचार मौलाइरहँदामिडिया पनि पार्टी र नेताको बनेर निश्पक्ष मूल्याङ्न गर्न नसकिरहेको र जनतालाई सही सूचना नदिएको उनले आरोप लगाए । 
भारतमा १० वर्ष मोदीको शासनकालमा काण्ड नसुनिएको बताउँदै उनले नेपाल काण्डैकाण्डको देश बन्दाविकास हुन नसकेको बताए  । उनले कांग्रेस,माओवादी र एमालेले काण्डैकाण्ड मच्चाएको बताए । ‘नेपालमा त काण्डै काण्ड । लेख्नुहुन्न, काण्डैकाण्ड । काण्ड पनिकुन–कुन काण्ड हो कुन–कुन काण्ड हो । सबै काण्ड तपाईँहरुलाई थाहा छ । त्यो काण्ड गरेको कसले हो ? रक्षकनै भक्षक भएको हो कि होईन ? जो शासकहो ठूलाबडा पार्टी भनाउँदा कांग्रेस, एमाले, माओवादीयहीहोईन ? अनि सारा काण्ड यही पार्टी भित्र भएको हो कि होईन ? जनतालाई लुट्ने, देशलाई लुट्ने कामभएको छ । अनि देश कसरी बन्छ ? सिक्नु परेन अरुबाट । आफ्नो गोरुको बाह्रै टक्का ? देश समृद्धि तर्फ कसरी जान्छ ?’ उनले प्रश्न गरे । 
नेपाल सबै नेपालीको लागि नबने सम्म देश विकास नहुने उनको दाबी छ । नश्लवादी शासकहरुले देश बन्न नदिएको उनको आरोप छ । ‘जबसम्म नेपाल सबै नेपालीको लागिबन्दैन । हिमाल, पहाड, तराई, मधेशमा बस्ने सबै वर्ग, जाति समुदायको लागिजबसम्म नेपालबन्दैन तबसम्मनेपालबन्दैन । ढुक्क भएर बस्नुस् ।’ उनले भने, ‘यहाँकानश्लवादीशासकहरुले सबैकालागि नेपालबन्नै दिएनन् । देश त बन्ने संविधानबाट हो, देश चल्ने संविधानबाट हो । कहिले पनि सबै नेपालीको लागि संविधानबन्दै बनेन ।’ 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि