पुष्पलाल नेपालको राजनीतिमा शिखर व्यक्तित्व –अध्यक्ष

पुष्पलालको योगदानलाई अझै हामीले युवा पङ्क्तिको बीचमा पुर्‍याउन सकौँ, प्रेरण लिन उत्प्रेरित गर्नसकौँ

Jul 11, 2023 - 07:45
 0  9
पुष्पलाल नेपालको राजनीतिमा शिखर व्यक्तित्व –अध्यक्ष

असार २६ काठमाडौं, काव्यघर। पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पङ्क्तिमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार –२०८० समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रुपमा स्मरण गर्नुभयो । 

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको जन्मदाता, सुरुवात कर्ता, संस्थापक मात्रै नभई पुष्पलाल नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहनुभएको बताउनुभयो ।

‘‘पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनको जन्मदाता, सुरुवात कर्ता, संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले नै कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्तालाई फाल्न सकिँदैन भन्ने निष्कर्ष अघि सार्नुभएको थियो ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘उहाँको कुरा पालना नगरेसम्म पञ्चायती व्यवस्था ढाल्न सकेनौँ । उहाँ दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँका योगदानलाई अझै हामीले युवा पङ्क्तिको बीचमा पुर्‍याउन सकौँ, उहाँको प्रेरण लिन उत्प्रेरित गर्नसकौँ ।’’

अध्यक्ष नेपालले कांग्रेस र कम्युनिष्ट नमिलेसम्म निरङ्कुश सत्तालाई फाल्न सकिँदैन भन्ने कुरा पुष्पलालले धेरै पहिला भनेअनुसार नै पछि आएर पञ्चायती व्यवस्था ढालेको बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि