प्रचण्ड पत्नी सीता दहालको निधन

Jul 12, 2023 - 09:05
Jul 12, 2023 - 09:15
 0  15
प्रचण्ड पत्नी सीता दहालको निधन
प्रचण्ड पत्नी सीता दहाल

असार २७ काठमाडौं, काव्यघर/ प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको निधन भएको छ। पत्नी दहालको स्वास्थमा एक्कासी समस्या आएपछिनर्भिक अस्पताल पुर्‍याइएको थियो ।

 उपचारको क्रममा नर्भिक अस्पतालमा बिहान ८:३० मा निधन भएकी ६९ वर्षीया दाहालको पशुपति आर्यघाटमा दिउँसो २ बजे दाहसंस्कार गरिने प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको छ। सीता दहालको निधन भएपछि प्रधानमन्त्री प्रचण्ड पनि बिहानै नर्भिक अस्पताल पुगेका थिए।

अहिले नेता, कार्यकर्ता र शुभेच्छुकहरु पार्टी मुख्य कार्यालय जानेक्रम जारी रहेको छ। दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। उनलाई मधुमेह, उच्च रक्तचापसमेत थियो। यस अगाडि उपचारको लागि उनलाई अमेरिका, भारत र सिंगापुरमा लगिएपनि स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको थिएन। मस्तिष्कका स्नायु कोष (नर्भ सेल) क्षय हुने यो रोगले बिरामीलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँछ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow