त्रिफला पुस्तकालयको २५ औं रजत जयन्तीको अवसरमा कृति बिमोचन एवं परिचर्चा कार्यक्रम ।

May 17, 2023 - 12:41
 1  5

वैशाख ११ झापा काव्य घर

त्रिफला पुस्तकालयको २५ औं रजत जयन्तीको अबसरमा कृति बिमोचन तथा बिमर्श कार्यक्रम प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ।

त्रिफला पुस्तकालयको २५ औं रजत जयन्तीको अबसरमा कृति बिमोचन तथा बिमर्श कार्यक्रम प्रा.डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा सप्पन्न भएको छ।

जिवनहरी शर्माको पुर्वीय सभ्यता कृति बिमोचन मनचमा उपस्थित प्रमुख अतिथि लगायत सम्पुर्ण अतिथिहरुले सामुहिक रुपमा बिमोचन गर्नु भयो ।
बिमोचित कृति भित्रको समालोचना साहित्यकार/ पत्रकार द्वय राजकुमार खड्गा र चन्द्र भण्डारीले गर्नु भएको थियो ।हामी हाम्रो साहित्य सस्कार संस्कृती माथी सिधै आक्रमण भइरहेको छ ।त्यसका अगाडि पुर्वीय सभ्यता कृतिले जवाफ दिएको राजकुमार खड्गाले बताउनु भयो । साहित्यिक परिवारका अभिभावक जिवनहरी शर्माको कलमले पुर्वीय साहित्य कृति जन्माएर राम्रो काम गरेकोमा कृतिको चर्चा सहित शुभकामना चन्द्र भण्डारीले राख्नु भयो ।शर्माको अर्को कृति टीका ढुङ्गेल रटनको कृतित्व र ब्यक्तित्ब कृति चर्चा उद्वब बिष्टले गर्नु भयो ।

रिता पोख्रेलले कविता बाचन गर्नु भएको कार्यक्रममा शिक्षा तथा बिज्ञान मन्त्रालयबाट पुस्तकालयलाई प्राप्त सम्मान पत्र प्रस्तुत समेत गरिएको थियो ।
मेची नगरपालिकाका अधिकृत होमनाथ भण्डारी,खगेन्द्र प्रसाईं,बाबुराम श्रेष्ठ लगायतका बक्त्ताहरुले रजत जयन्तीको अवसरमा शुभकामना एवम् कृतिकारलाई बधाई दिनु भएको थियो ।

https://youtu.be/4JECYfSelRM

पुर्वीय साहित्य र पाश्चात्य साहित्य बीच आदानप्रदान भएन भने हाम्रो साहित्यको बिकास हुन सक्दैन । पाश्चात्य साहित्य ग्रीसको भएको र त्यो टुकिबाट सुरु भएको हो र पुर्वीय साहित्य भारत बर्षबाट सुरु भएको हो र यो सुर्य भएको प्रमुख अतिथि प्रा.डा.गोविन्दराज भट्टराईले दाबी गर्नु भयो ।
टीका सुवेदीले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्ब पुस्तकालयका अध्यक्ष प्रेम प्रकाश फलारीले गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow