बालकुमारीमा भएको घटनाको धनगढीमा विरोध  प्रदर्शन

Dec 31, 2023 - 13:06
 0  7
बालकुमारीमा भएको घटनाको धनगढीमा विरोध  प्रदर्शन


पौष १५,धनगढी,काव्य घर । बालकुमारीमा  भएको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा धनगढीमा आइतबार दिउँसो प्रदर्शन गरिएको छ । मृतकका आफन्तले आइतबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

कोरियाली भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको हो । अछामका शाहका आफन्त पनि आइतबार धनगढीको प्रदर्शनमा सहभागी थिए ।

पानीजहाज बनाउने कामका लागि भाषा परीक्षा दिएका र अनुत्तीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि पनि भाषा परीक्षाका लागि फारम भर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । सो आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको मृत्यु भएको थियो।

धनगढी चौराहादेखि निकालिएको विरोध र्‍याली मुख्यमन्त्री कार्यालय अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । अधिकार सम्पन्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, गोली चलाउन आदेश दिने अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतका मागसहित उनीहरूले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि