ट्राफिक जाममा बस्नुनपर्ने मेयर बालेनको दाबी

Jun 22, 2023 - 19:01
Jun 23, 2023 - 11:31
 0  15
ट्राफिक जाममा बस्नुनपर्ने मेयर बालेनको दाबी


 असार ७ ,काठमाडौं/काव्य घर नेपाल । हरेका दिन ट्राफिक जाममा परेर सास्ती बेहोर्नु परिरहेको अवस्थामा काठमाडौं महानगरपालिकाका  मेयर बालेन शाहले काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको दाबी गरेका हुन् । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी काठमाडौं महानगरपालिकाले गरेको छ । 
जथाभावी फोहोर फाल्ने २९३ जनालाई कारवाही गरिएको, २७० ठाउँमा आगलागी नियन्त्रण गरिएको, १६ हजार ५७० वटा अनधिकृत संरचना हटाइएको, १८ हजार ९८३ होर्डिङ बोर्ड हटाउने कार्यलाई पनि उनले आफ्नो उपलब्धि मानेका छन् ।
१ लाख ८० हजार ७५६ वर्गफिट कालोपत्रे सडकबाट पार्किङ हटाइएको, १६ हजार ७५७ वटा अनधिकृत पार्किङ गरिएको सवारी नियन्त्रणमा लिइएको, २३१ वटा वर्कसपलाई कारबाही गरिएको, १ हजार २० ठाउँको सडक अतिक्रमण हटाउने कार्यलाई मेयर शाहले महानगरको उपलब्धि मानेका छन् ।

आर्थिक वर्ष २०७९/८० को रिपोर्ट कार्ड प्रस्तुत गर्दै उनले यसलाई महानगरको उपलब्धि मानेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि