यस्ता हुन् देश चलाउने नेता बालेन र हर्क जस्तै

Jun 16, 2023 - 08:27
Jun 16, 2023 - 10:21
 0  4
यस्ता हुन् देश चलाउने नेता बालेन र हर्क जस्तै

असार १ काठमाडौ,काव्य घर नेपाल । काठमाडौ  महानगरपालिका मेयर बालेन शाहले भारतीय फिल्म ‘आदिपुरूष’ मा प्रयुक्त जानकी भारतकी छोरी भन्ने संवाद भारतमा समेत प्रदर्शन हुने फिल्मबाट नहटाए कामनपा भित्र हिन्दी फिल्ममा रोक लगाउने अभिव्यक्ति दिएपछि मेयर बालेन सामाजिक संजालमा चर्चित मात्रै भएका छैन वाह वाही छाएका छन्। उनले यसमा व्यापक समर्थन पाएका छन्। आजै उनले परीक्षा नतिजा नआइ नयाँ कक्षामा विद्यार्थी भर्ना लिएको भन्दै हिसान मेलामा रोक लगाएका छन्। 
साथै  भारतीय विषाक्त तरकारी रोकी महानगरमा नेपाली तरकारीलाई प्रोत्साहन गर्ने भन्ने बालेनका यो दुई दिनका निर्णयहरू अर्थपूर्ण छन्। विदेशीसँगको सम्बन्ध, सांस्कृतिक पहिचान, युवा सरोकार, नागरिकको स्वास्थ्य र नीति नियमको कार्यान्वयनजस्ता विषयलाई यिनले छुन्छन्। अर्का स्वतन्त्र मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएर देशैभरि सकारात्मक उर्जा सिंचित गरेका छन्। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि