ललिता निवास जग्गा प्रकरणको फैसला बिहिवार आउने

विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाउने भएको छ। आज फैसला सुनाउन नभ्याइएपछि हेर्दाहेर्दैमा राखिएको विशे

Feb 14, 2024 - 19:55
 0  6
ललिता निवास जग्गा प्रकरणको फैसला बिहिवार आउने
फायल तस्वीर

फागुन २ काठमाडौं ,काव्य घर / विशेष अदालतले ललिता निवासको जग्गा प्रकरणमा बिहीबार फैसला सुनाउने भएको छ। आज फैसला सुनाउन नभ्याइएपछि हेर्दाहेर्दैमा राखिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले काव्य घरसँग बताए।

आज नै 'फैसला सुनाउने तयारी थियो। तर अबेर हुने देखिएपछि हेर्दाहेर्दैमा राखिएको हो। प्रवक्ता कार्कीले बताए। अब भोलिमात्रै फैसला सुनाइन्छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध २३ माघ २०७६ सालमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो प्रकरणमा भ्रष्टाचारमा मुछिनेमा तत्कालीन तीन सचिवसहित विशिष्ट श्रेणीका ६ उच्च पदस्थ पदाधिकारी पनि छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि