विमान परिचारक र परिचारिका न्यायका लागि सर्वोच्च पुगे

Jan 3, 2024 - 14:07
 0  3
 विमान परिचारक र परिचारिका न्यायका लागि सर्वोच्च पुगे


पौष १८, काठमाडौं,काव्य घर ।  नेपाल वायु सेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याविन क्रु) हरुले आफूहरुमाथि अन्याय र विभेदपूर्ण व्यवहार भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।


निगमका कर्मचारीहको सेवा, शर्तसम्बन्धी कानुनमा भएको व्यवस्थाले विमान परिचारक र विमान परिचारिकालाई अन्य कर्मचारीभन्दा विभेदपूर्ण व्यवहार गरी दोस्रो दर्जाको कर्मचारीको व्यवहार गरिएको रिट निवेदनमा उल्लेख छ ।

निगमका एक सय ३५ जना क्याविन क्रुहरुले सामूहिक रुपमा रिट दायर गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल वायुसेवा निगमलाई विपक्षी बनाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि