व्यंग्य कविता - कृष्ण प्रधान सिलगुडी भारत

May 17, 2023 - 12:34
 0  3

पुरस्कार लुँड़्याउनेहरू
[एक बिटा व्यङ्ग्य सँगालो]

के गर्नु ?
मतिभ्रष्ट भएर हो’कि
मति सप्रेर हो को’नि
व्यङ्ग्य लेखनमा जात फालिहालियो ।

व्यङ्ग्य लेखनमा जात फाले पनि
यही व्यङ्ग्यले मनग्गे भात सितै
दाम पनि जुरिरहेछ ।

व्यङ्ग्य लेखनमा जात गए पनि
भुरीभुरी आराम भने जुरेकै छ ।

विश्वभरिका तीन लाखभन्दा धेर
पाठकहरूले यो व्यङ्ग्यमा जात फाल्ने
व्यङ्ग्यकारको
व्यङ्ग्य पढ़्न रुचाउँछन् ।

यिनै पाठकहरूको व्यङ्ग्य पढ़्ने काकाकुली
तिर्सना मेट्न अब मेरा ३८ औं कृतिको रुपमा
आइरहेछ....
पुरस्कार लुँड़्याउनेहरू


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow