सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौला सम्मानित हुने

स्मरण रहोस गुठीले यसअगि जसयोन्जन प्यासीलाई सम्मान गरिसकेको छ भने प्रा. डा. गोविन्दराज भट्टराई र जीवन नाम्दुङलाई पुरस्कृत गरिसकेको छ । यसैगरी आगामी जनवरीमा प्रदान गरिने युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार डा. अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार गोकुल सिन्हालाई प्रदान गरिने घोषणा पनि गरिसकेको छ । युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।

Dec 11, 2023 - 07:07
 0  15
सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौला सम्मानित हुने

 मंसिर २५  सिलगढी दार्जिलिङ  ,काव्य घर / युगेन्द्र - लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगढी, भारतले सर्जकहरु कृष्ण प्रधान, चन्द्र भण्डारी, डी. आर. उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने निर्णय गरेको छ । सो निर्णय गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो ।

सम्मानित हुनुहुने सर्जक कृष्ण प्रधान साहित्य सिर्जना र पत्रकारितामा लामो समयदेखि योगदान गर्दै आउनु भएको छ । पेशाले अध्यापन गर्नु हुने प्रधानका कविता, (लामो कविता), गीत, हास्यव्यङ्ग्य निबन्ध र समालोचनाका चालिस कृतिहरु प्रकाशित रहेका छन् । सर्जक प्रधानले विभिन्न संस्थाबाट ११२ भन्दा बढी सम्मान र पुरस्कार पाउनु भएको छ । प्रधान आकाशवाणी खरसाङको अनुमोदित गीतकार र फुटबल कमेण्टेटर पनि हुनुहुन्छ ।

यसैगरी अर्का सम्मानित पत्रकार एवं सर्जक चन्द्र भण्डारी लामो समयदेखि पत्रकारिता गर्दै गीत, कविता, कथा, संस्मरणमा कलम चलाउँदै आउनु भएको छ । भण्डारी गीत सिर्जनामात्र गर्नु हुन्न आफै गीत गाउनु पनि हुन्छ । वि. सं. २०२४ देखि साहित्य सिर्जनामा लाग्नु भएका भण्डारीका ४०० बढी कविता, ३०० बढी गीत, २५ कथा,३ ओटा गीति एल्बम रहेका छन् । भण्डारीका जेल संस्मरणलगायतका कृतिहरु प्रकाशोन्मुख रहेका छन् । भण्डारीले आँखो, देवानछाप, स्मारक, मेचीनगर, साराँश, प्रकाश, युगज्ञान, सुगन्ध जस्ता पुस्तक पत्रपत्रिकाको सम्पादन पनि गर्नु भएको छ । उहाँ विभिन्न एक दर्जनबढी संघसंस्थाबाट सम्मानित र पुरस्कृत हुनुभएको छ । बिगत ३० बर्षदेखि पत्रकारितामा गर्दै आउनु भएका भण्डारीले २०बर्ष अघिबाट रेडियो कार्यक्रम उत्पादन तथा प्रशारण पनि गर्दै आउनु भएको छ ।

 

सम्मानित हुनुहुने अर्का विश्वकीर्तिमानी सर्जक डा. डी. आर. उपाध्याय उपन्यास, कविता, गीत, कथा, विभिन्न विषयमा लेख रचना लेख्नु हुन्छ । डा. उपाध्यायले १४ उपन्यास, २०० बढी गीत सिर्जना, सङ्गीत र गायन पनि गर्नु भएको छ । ३३ बढी म्युजिक एल्बम निकाल्नु भएका डा. उपाध्यायले १३२ बढी विश्वकीर्तिमानी अवार्ड र अन्य थुप्रै सम्मान र पुरस्कार पाउनु भएको छ । उहाँका ३ ओटा गीत सङ्ग्रह पनि प्रकाशित रहेका छन् । डा. उपाध्याय नेपालका लागि America book of recods usa, European record books hungary र The british world records London को Brand ambassador हुनुहुन्छ ।

यस्तै अर्का सम्मानित सर्जक अनिता निरौलाले लघुकथा, नाटक, जीवनी, निबन्ध, अनुवाद, पत्रकारितामा योगदान गर्दै आउनु भएको छ । उहाँका Black n White सिक्किममा सङ्गीतभित्रकाहरु र साहित्यकार सानुभाई शर्माको मोनोग्राफ कृतिहरु प्रकाशित रहेका छन् । विगत ४५ बर्षदेखि आकाशवाणीलगायतमा पत्रकारितामा योगदान गर्दै फेसबुक र युट्युब पेजमा "वाणी" को संचालन गर्नु हुने निरौलाको वृत्तचित्र निर्माण पनि योगदान रहेको छ । उहाँका हिन्दी कविता र लेखहरु विभिन्न पत्रपत्रिकामा प्रकाशीत रहेका छन् । शिक्षण पेशामा समेत रहिसक्नु भएकी निरौलाले नेपाली साङ्गीतिक कार्यक्रममा प्रत्यक्ष पाश्व उद्घोषक भएर पनि योगदान गर्नु भएको छ ।

 इन्डिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल सर्जक निरौलाले शोभा राई खोजी पत्रकारिता पुरस्कार, प्रेस क्लब अफ सिक्किम र W factor बाट Woman achiever सम्मानलगायतका सम्मान र पुरस्कार पाउनु भएको छ ।

स्मरण रहोस गुठीले यसअगि जसयोन्जन प्यासीलाई सम्मान गरिसकेको छ भने प्रा. डा. गोविन्दराज भट्टराई र जीवन नाम्दुङलाई पुरस्कृत गरिसकेको छ । यसैगरी आगामी जनवरीमा प्रदान गरिने युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार डा. अभि सुवेदीलाई र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार गोकुल सिन्हालाई प्रदान गरिने घोषणा पनि गरिसकेको छ ।

 युगेन्द्र क्षेत्री अनुवाद अन्तर्राष्ट्रिय पुरस्कार आफ्ना श्रीमान युगेन क्षेत्रीको नाममा र लक्ष्मीकान्त जोशी राष्ट्रिय अनुवाद पुरस्कार आफ्ना पिता लक्ष्मीकान्त जोशीका नाममा सूचना संवाद संजालकी सम्पादक साहित्यकार ललिता क्षेत्रीले स्थापना गर्नुभएको हो ।कार्यक्रम आगामी जनवरी तेस्रो हप्ता हुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि