साहित्य सदन नेपालद्वारा मनाइयो महाकवि देवकोटा जयन्ती

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ अैाँ जन्मजयन्ती कार्यक्रम आज रचनावाचनका साथ उनको योगदानमाथि प्रकाश पार्दै भव्य रूपमा मनायो ।

Nov 11, 2023 - 00:12
Nov 11, 2023 - 00:14
 0  8

कार्तिक २५ काठमाडौँ ,काव्य घर / रामहिटीस्थित साहित्य सदन नेपालले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ अैाँ जन्मजयन्ती कार्यक्रम आज रचनावाचनका साथ उनको योगदानमाथि प्रकाश पार्दै भव्य रूपमा मनायो ।

 साहित्य सदन नेपालका अध्यक्ष प्रा.डा. हेमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा देवकोटाको साहित्यिक वैचारिक योगदानमाथि सदनका उपाध्यक्ष मित्रलाल पंज्ञानीले गहन मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव प्रह्लाद पोखरेलले र स्वागत मन्तव्य सहसचिव डा. कृष्ण सुवेदी 'भारद्वाज मित्र' ले गर्नुभएको थियो ।

 कार्यक्रममा प्रमुख व्यक्तित्वका रूपमा प्रा.जगत् उपाध्याय 'प्रेक्षित' ले देवकोटाको योगदानसम्बन्धी मन्तव्यका साथ कविता वाचन समेत गर्नुभएको थियो भने विशेष व्यक्तित्वका रूपमा प्रा. कोशराज न्यौपाने, गोविन्दप्रसाद घिमिरे 'वेदमणि' डा.छायादत्त न्यौपाने र सुशीला प्रधानाङ्गले विशेष मन्तव्यका साथै आफ्ना कविता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा कविहरू कणाद महर्षी, रमेश खनाल, गुवाहाटीबाट आउनुभएकी सिर्जना शर्मा उप्रेती, सीता भट्टराई, अनुक्रमा पौेडेल, त्रिलोचन आचार्य, घनश्याम प्रसाईं, विमल अर्याल, रत्ननिधि रेग्मी शुक्राचार्य, डा. गीता त्रिपाठी, दिव्यलक्ष्मी पोखरेल, विश्वनाथ तामाङ, माधवलाल श्रेष्ठ, रामचन्द्र खतिवडा, रामप्रसाद नेपाल, तोयनाथ तिवारी, आलोक चालिसे, भारद्वाज मित्र र प्रह्लाद पोखरेलले कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा देवकोटाका साथै देवकोटाका बारेमा र अन्य समसामयिक विषयमा लेखिएका विभिन्न विषयका कविता वाचन गरिएका थिए ।

 

सो कार्यक्रममा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई निर्वाचन समितिका तर्फबाट निर्वाचित प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रम ३ बजेदेखि ६ बजेसम्म चलेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि