सोसल मिडियालाई प्रभाव पार्ने मेटाको तयारी 

Dec 12, 2023 - 09:27
Dec 12, 2023 - 10:03
 0  9
सोसल मिडियालाई प्रभाव पार्ने मेटाको तयारी 


मंसिर २६ , काठमाडौं, काव्य घर । मेटा कम्पनीले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ ।

योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । मेसेन्जर र इन्स्टाग्राममा क्रस मेसेजिङ सर्भिस बन्द गर्नुपर्नाको कारण चाहीँ मेटाले खुलाएको छैन । 

नाइन टू फाइभ गुगलको एक रिपोर्ट अनुसार इन्स्टाग्राम प्रयोगकर्ताहरुले क्रस मेसेजिङका विषयमा अलर्ट प्राप्त गरिरहेका छन् । उक्त अलर्ट अनुसार डिसेम्बरको मध्यसम्ममा यो सर्भिस बन्द हुनेछ । यद्यपि यो सर्भिस बन्द भैसकेपछि पनि प्रयोगकर्ताले पूरानो च्याट हिस्ट्री भने हेर्न पाउनेछन् ।

क्रस मेसेजिङ बन्द भएसँगै प्रयोगकर्ताले नयाँ च्याट गर्न सक्नेछैनन् तर आएको मेसेज भने हेर्न सक्नेछन् । इन्स्टाग्राम जस्तै फेसबुकमा पनि यस्तै खालको अपडेट हुनेछ । अर्थात् फेसबुक प्रयोगकर्ताले पनि इन्स्टागम प्रयोगकर्तालाई मेसेज गर्न सक्नेछैनन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि