स्वर्ग जाने भएछ - कविता-दुर्गाप्रसाद सिग्देल

Jul 26, 2023 - 14:30
Jul 26, 2023 - 15:36
 0  20
स्वर्ग जाने भएछ - कविता-दुर्गाप्रसाद सिग्देल
कवि -दुर्गाप्रसाद सिग्देल

स्वर्ग जाने भएछ (मालिनी) 

रङ विरङ अनेकौँ काँच प्याला जुटाई

 तरल चिज भरेका आलमाली सजाई

वर पर सब हेर्दै साहुनीछन् बसेकि

हर पल मुखबाेली तेल निक्कै घसेक।।१

 लुसुक लुसुक जाने फर्कँदा गड्गडाई

 धन मन सबलाई बात गर्थ्याे बडाई

दिन दिन नबिराई गर्छ लामाे बसाई

घुटु घुटु मदिराकाे स्वादमा रम्न पाई।।२

भुटुन झर झराई सेकुवा पाेल्न लाई

चप चप गरि आफैँ खान्छ फुर्तीलगाई

प्रहर कति बित्याे त्याे यादसम्म नराखी

 खल बल गरिबस्थ्याे काकु बाङ्गाे बटारी।।३

 पिउनु त किन गाह्राे घट्घटाएर प्यूछ

 सहज सित कहाँ हाे धर्खराएर हिड्छ

 अनि पनि मदिराकाे छाेड्न सक्दैन बानी

खल बल अति गर्दै गुज्रदैछ जवानी।।४

सुख गरिकन बस्ने याम मेटी रहेछ

तन मन सँग ऐले दुख्ख खेपी रहेछ 

असल वचन सुन्ने ज्ञान उस्मा थिएन

अनि पनि जन भन्थे साथ राम्राे लिएन।।५

अब पनि कतिबाँच्ला राेग नाना लिएर

 अधिक धन पिताकाे शेष पा-याे पिएर

 अध बइँस नबित्तै धर्खराई रहेछ

हप हप गरि त्यस्ले प्राण त्याग्ने भएछ।।६

दुर्गाप्रसाद सिग्देल

२०८०/४/५

 बिर्तामाेड- झापा ,

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि