हाइकु

May 17, 2023 - 12:40
 0  3


चेतनाथ धमला
हाइकु

१.रक्तिम आभा
सहिदको मुस्कान
मुक्त आकाश!

२.वनको काँडो
आफैँ तिखारिएर
सुसेल्छ क्रान्ति!

३.रक्तिम शीत
योद्धाको पसिनाझैँ
टल्किन्छ आफैँ!

४.सर्पको राग
विषालु अखडामै
भत्किन्छ आफैँ !

५.आफैँमा उम्री
अक्करमा सुसेल्छ
पोकली झरना !

६.मनको आगो
पहाड रक्ताम्य छ
गोहीको आँसु!

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow