अन्तर्राष्ट्रिय श्रवण दिवसःबहिरोपना रोकथाममाः विशेषज्ञका १० सुझाव
श्रवण शक्तिलाई कसरी बचाउन सकिन्छ, श्रवण शक्तिको ह्रास भइहालेमा के कस्ता विधिहरु अपनाएर रोकथामर्गा सकिन्छ र छिटोभन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ
फागुन २२,काठमाडौं,काव्य घर । अन्तर्राष्ट्रिय श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपना रोकथामका लागि १० सुझावहरु दिएको छ । (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्रवण सम्बन्धी रोग र यसको रोकथामको उपायजानकारी गराएको हो ।
सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका महासचिव डा. योगेश न्यौपानेले आफूहरुको उद्देश्य श्रवण सम्बन्धि तथ्यहरु समाजमा पुर्याउने र त्यस सम्बन्धमा योगदान दिने रहेको बताए । उनले अन्धोपनाले मान्छेलाई संसारबाट छुट्याउने र बहिरोपनले भने मान्छेलाई मान्छेबाट नै छुट्याउने बताए । कानमा प्रयोग गरिने एयर फोन श्रवण शक्तिका लागि धेरै घातक रहेको उनको भनाइ छ ।
सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका अनुुसार धेरैजसो बहिरोपना रोक्न सकिने प्रकृतिका हुन्छन् । नेपालमा बहिरोपनबाट बच्न र बचाउनका लागि सरकारीस्तरबाट देशव्यापी रुपमा सर्वेक्षण हुन आवश्यक रहेको सोसाइटी अफ ओटोलारिन्गोलोजिस्टअफ नेपालको सुझाव छ ।
सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपन रोकथामगर्नको लागिनिम्न कुरा माध्यानदिनुपर्ने सुझाएको छः
१.संक्रमणबाट कानलाई बचाउनुपर्छ । कानपाकिहाले नजिकैको चिकित्सकसँग सल्लाहलिनु पर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नलीबन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्यकानमा असर पर्छ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउनका लागि आमाको दुध खुवाउने, दुध खुवाउँदा बसालेर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जङ्क फुड नखुवाउने गर्नुपर्छ । रुघा लागेमान तातो, तातो झोल पदार्थ खुवाउनुपर्छ। निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्छ ।
२.कानलाई चोटपटकबाट बचाउनुपर्छ । कानकोट्याउँदाकानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कानकोट्याउनु हँदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ ।
३. बच्चाको सुनाइ सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सकको सल्लाहलिनु पर्छ ।
४.कानमा तेलअथवा अरु कुनै पनिझोलपदार्थ हाल्नु हुँदैन ।
५.गर्भवती भएको पहिलो तीन महिनासम्मआफु खुसीऔषधिको सेवनगर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्छ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवनगर्न हुँदैन ।
६.आफ्नो बच्चाले नसुन्ने शंकालागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाहलिनु पर्छ ।
७.सर्वसाधारणको जमघट हुने स्थानमाचर्को ध्वनीउत्पन्नहुने उपकरणको प्रयोग गर्नु हुँदैन ।वाजाहरु पनि धेरै चर्को रुपमाबजाउनु हुँदैन । गाडीको हर्ननिषेध गरिएको ठाउँमा चर्को हर्न बजाउनु हुँदैन ।
८. मोवाइलवा हेड फोन धेरै समयसम्मप्रयोग गर्नु हुँदैन । गर्नै परे चर्को सुन्नु हुँदैन ।
९. कलकार खानामा कामगर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउन पर्छ । यस्ता ठाउँमा कम्तिमावर्षको एकपटक श्रवण परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।
१०. श्रवण शक्तिलाई कसरी बचाउन सकिन्छ, श्रवण शक्तिको ह्रास भइहालेमा के कस्ता विधिहरु अपनाएर रोकथामर्गा सकिन्छ र छिटोभन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्नेबारे सर्वसाधारणलाई विभिन्न माध्यमबाट शिक्षा दिनुपर्छ ।
What's Your Reaction?