कविता - मेरो सङ्कल्प  –बी.पी. सेढाई 

Mar 5, 2024 - 20:23
 0  26
कविता  - मेरो सङ्कल्प   –बी.पी. सेढाई 

                  
(छन्द– इन्द्रवज्रा)

सङ्कल्प मेरो अब देश जागोस् 
पूर्वीय हाम्रै रङमा उदाओस्
संस्कार हाम्रै अनि भेष हाम्रै
बाँचोस् ममा यै म त मान्छु राम्रै ।  
               १
हो देश उद्यान म पुष्पपात्र
डाकूँ सधैँ नै म वसन्तसत्र
नौला सुनौला म कली खिलाऊँ
पाखा, पखेरा मनमा फुलाऊँ  ! 
           २
हुर्किन्छ मान्छे  जुन भूमि टेकी
मिच्छिन्छ पो त्यै यस भूमिदेखि
जागोस् र खै राष्ट्रियता कसोरी ?
बाँचे  नि माटो  सबले निचोरी ! 
           ३
पmेरेर  मात्रै  नवसाल  पात्रा,
के भाग्य फेर्थे भइराछ जात्रा
चला र सोचाइ छ है सुरानै
पmेर्ला पुराना मतिले कुरा क्यै ? 
          ४  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि