काठमाडौंमा स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता हुने
माघ २६,काठमाडौं, काव्य घर । काठमाडौंको बुढानीलकण्ठ–११ क्पनमा स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिता हुने भएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी स्ट्रेन्थलिफ्टिङ्ग संघ, काठमाडौंले प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता आगामी फागुन २५ र २६ गते आयोजना गरिएको छ ।
स्ट्रेन्थलिफ्टिङ्ग प्रतियोगिताको उद्देश्य बढीभन्दा बढी राष्ट्रिय खेलाडी तयार गर्नु रहेको स्ट्रेन्थलिफ्टिङ्ग संघ काठमाडौंका सचिव मानबहादुर पहरीले बताए । उक्त प्रतियोगिताको अनुमानितलागत १५ लाख रहेको बताइएको छ । उक्तलागतमध्ये १० लाख खेलाडीहरुलाई नगद पुरस्कार स्वरुपवितरण गरिने बताइएको छ । साथै, काठमाडौंभन्दाबाहिरबाट सहभागीहुने खेलाडीको लागिदुई दिनकालागिखाने, बस्ने व्यवस्थासमेत गरिएको छ ।
स्ट्रेन्थलिफ्टिङ्ग संघ काठमाडौंका अध्यक्ष सन्दीप केसीले प्रतियोगिताको उद्देश्य खेलाडीलाई अगाडि बढाउनु रहेको बताए । नेपाल सरकारले खेलाडीहरुको हितकालागि केहीगर्न नसकेको खण्डमा आफूहरुले खेलाडीको हकहितमा प्रतियोगिता आयोजनागर्न लागेको बताए ।
यो खेलजिमसँग सम्बन्धित खेल हो । उक्तप्रतियोगिता महिला, पुरुष गरी चार सयभन्दा बढी खेलाडीहरु सहभागीहुने आयोजकले बताएको छ ।
कार्यक्रममा स्ट्रेन्थलिफ्टिङ्ग अन्तर्राष्ट्रिय संघका सदस्य जीवनगिरी, स्ट्रेन्थलिफ्टिङ्ग संघ काठमाडौंकी उपाध्यक्ष बन्धना थापा, खेलाडी केदारमान स्थापित लगायतको उपस्थिति रहेको थियो ।
What's Your Reaction?