कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्य मन्त्री बने भने नेकपा माओवादी केन्द्रका दुई सांसद मन्त्री बने। यसैगरी, कांग्रेसका दुई सांसद राज्यमन्त्री बनिन्। माओवादीका बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीका रूपमा शपथ लिँदा कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मा पाए। कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्यमन्त्री बने।

Feb 9, 2024 - 18:15
 0  7
कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिए
तस्वीर-राजकुमार खड्गा

माघ २६ मोरङ ,काव्य घर / कोशी प्रदेशका नवनियुक्त चार मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार नियुक्त भएका चार जना मन्त्री र दुई राज्यमन्त्रीले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

आज नेपाली कांग्रेसका दुई प्रदेशसभा सदस्य मन्त्री बने भने नेकपा माओवादी केन्द्रका दुई सांसद मन्त्री बने। यसैगरी, कांग्रेसका दुई सांसद राज्यमन्त्री बनिन्। माओवादीका बुर्जामगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीका रूपमा शपथ लिँदा कार्कीले सामाजिक विकास मन्त्रालयको जिम्मा पाए। कांग्रेसका खत्रीले उद्योग, कृषि तथा सहकारी र सुनुवारले स्वास्थ्यमन्त्री बने। कांग्रेसकी इन्दिरा थापाले भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीका रूपमा नियुक्त भएकी छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय भने मुख्यमन्त्री केदार कार्की स्वयमले लिए। यसैगरी, कांग्रेसकै गुरुङ आन्तरिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन्। यससँगै कार्की नेतृत्वको १० सदस्यीय मन्त्रीमण्डल बनेको छ। नेकपा एमालेको सहयोगमा गत असोज २७ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले निरन्तर सरकार विस्तारको भाका सारिरहेका थिए।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार सत्ता गठबन्धनले माओवादीका इन्द्रबहादुर आङबोलाई मुख्यमन्त्रीमा अगाडि सारेका बेला कार्कीले विद्रोह गरेर कोशीको नेतृत्व सम्हालेका थिए। ​​​​​​​कांग्रेसका विद्रोही ८ सांसद र एमालेका ३९ सांसदको सहयोगमा कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। असोज २८ गते शपथग्रहण गरेका दिन नै उनले एमालेबाट रामबहादुर राना र कांग्रेसबाट शम्शेर राईलाई मन्त्री नियुक्त गरेका थिए।

कार्कीले कात्तिक १ गते नै विश्वासको मत लिए। उनलाई राप्रपाका ६ सांसद बाहेक सबैले विश्वासको मत दिएका थिए। आफू मुख्यमन्त्रीमा नियुक्ति भएको २० दिनपछि कार्कीले कात्तिक १७ गते माओवादीबाट गणेशप्रसाद उप्रेती ‘सुशील’ र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबगुलाई मन्त्री पदमा नियुक्त गरे। उनीहरूलाई नियुक्त गर्न लागेपछि एमालेबाट मन्त्री बनेका राना मगरले भने राजीनामा दिएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि