नेपाली चिया भारत निर्यातमा समस्या आएपछि एसटीपीका पदाधिकारी काठमाडौंमा
जिटूजी-सहजीकरण-गरिदिन-सरकार-समक्ष-अपिल
बैशाख १०, काठमाडौं, काव्य घर । इलामको सूर्योदय नगरपालिकामा रहेको सूर्योदय टी प्रोड्युसर एशोसिएशन (एसटीपी) कापदाधिकारीहरुले भारत चिया निर्याचतमा समस्या आएको बताएका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनगरी एशोसिएशनले आफूहरुको समस्याजानकारी गराउँदै राज्यको ध्यानाकार्षण गराएको हो ।
एसटीपीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले नेपालको चियालाई विषादी रहेको र गुणस्तरमा कमी भएको कारण देखाएर भारतको वेष्ट बङ्गाल सरकारले विभिन्न निर्यातमा विभिन्न प्रोटोकल लागू गरेको बताए । विभिन्नकारण देखाएर भारत सरकारले नेपालको चियाआयतबन्दगर्ने नीतिलिएको उनको भनाइ छ । इलाम जिल्लामा उत्पादित चियाको गुणस्तर एकदमै राम्रो रहेको उनको दाबी छ । इलामबाट चोरी निकासी भएर गएको चिया भारतमा पुगेर ब्राण्डेड हुने र इलाममै बनेको चाहीँविषादीहुने गरेको उनको भनाइ छ ।
एसटीपीका सचिव गोपाल कट्टेलले भारतमा चिया निर्यातमा सीमा समस्या आइरहेको बताए । पछिल्लो समय भारत सरकारले नेपालबाट जाने चियामा विशेष प्रोटोकल लागू गरेको उनले बताए । उनले पछिल्लो समय नेपालको चिया भारतीय बजारमा जाननसकेको भन्दै सरकारको ध्यानाकार्षण गराए । नेपालको चियाको ९५ प्रतिशतबजार भातर रहेको अवस्थामा पछिल्लो समय नेपाली चियालाई निरुत्साहितगर्ने काम भइरहेको बताए ।
भारतमाचियानिर्यातमा देखिएको समस्याजि टू जीवार्ता गरेर समाधानखोजिनुपर्ने उनीहरुको माग छ । सरकारले चियानिर्यातमाआएको समस्या बेलैमा सम्बोधननगरेको खण्डमा चियाकिसान र उद्योगलाई नाकारात्मक असर पर्ने बताए । आजबिहानै यस समस्याप्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ लाई अवगत गराएको उनले भने । साथै, पूर्व प्रधानमन्त्रीद्वयझलनाथखनाल र केपीशर्मा ओलीलाई पनिजानकारी गराइएको उनले बताए ।
एसटीपीका उपाध्यक्ष अग्निन्दगिरील चियाको सिजन सुरु हुँदै गर्दाकिसान र उद्योगहरु मागमा पर्ने अवस्थाआइपरेको बताए । नेपालमा उत्पादित चिया ९५ प्रतिशत भारतमा निर्भर रहेको उनले बताए । भारतले नेपालको चिया लैजादापहिला–पहिला एक वर्षमा एक पटक चेक गरेर चियालाने नियमलागू गरेको उनले स्मरण गराए । अहिले आएर प्रत्येक गाडीको चिया टेस्टका लागिनमूना पठाएर पास भएपछि मात्रै लाने गरेको उनले बताए । टेस्टका लागि लगेको नमुनाको रिपोर्ट १५÷२० दिनमाआउँदाआफूहरुलाई घाटा भएको उनले बताए । केही समयअघिसम्म तीन एक पटक टेस्ट गरेपछि तीनमहिनासम्मचियालग्ने नियम रहेको स्मरण गराउँदै उनले ६÷६ महिनामा टेस्ट गरेर चियानिर्यात गर्न सकिने वातावरण निर्माण गरिदिन सरकारको ध्यानाकार्षण गराए । उनले चियावगानहरुमाविषदी पूर्णरुपमा नियन्त्रण भइसकेको उनले दाबी गरे । साथै, व्यवसायी सुजन ढुङ्गेलले राज्यले देशको उत्पादनलाई प्रोत्सहानगर्नुपर्ने बताए । नेपालीचियालाई सरल तरिकाले निर्यात हुने वातावरण बनाइदिनउनले सरकारको ध्यानाकार्षण गराए ।
What's Your Reaction?